मृत फेला परेका बालबालिका एकै परिवारका

मृत फेला परेका बालबालिका एकै परिवारका

पौष २०, सप्तरी । 

सप्तरीको बैरवा गाविस ३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा हिजो भेटिएका तीन जना बालबालिकाको एकै परिवारको भएको खुलेको छ । उनीहरु ३ नै जना सप्तरीको तेरहौता गाविस ३  का अशोक सदाको छोराछोरी रहेको प्रहरीले जनाएको छ ।

सदाका ६ वर्षीय छोरा सन्तोष, ३ वर्षिया छोरी सन्तोषी र ६ महिनाकी छोरी छोटकीको शव हिजो नदी किनारमा फेला परेको थियो । तीनै जनाबालबालिकालाई हत्या गरी पानीमा फालेको हुनसक्ने इलाका प्रहरी कार्यालय सप्तरी कञ्चनपुरका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

मृतकका आमा कुरी सदाको पनि घटनाभएदेखि सम्पर्कमा आएकी छैनन् । सदा नै सम्पर्क बिहीनभएपछि घटना थप रहस्यमय भएको छ ।

Source: Kantipur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्