पहाडी क्षेत्रमा खच्चर व्यवसाय संकटमा

पहाडी क्षेत्रमा खच्चर व्यवसाय संकटमा

ताप्लेजुङ, पौष २३ । पहाडी क्षेत्रमा एक स्थानबाट अर्को स्थानमा दैनिक उपभोग्य लगायतका सामान र्पुयाउनमा ढुवानीको साधनका रुपमा प्रयोग हुदै आएको खच्चर व्यवसाय अहिले संकटमा परेको छ ।

गाउँ गाउँमा सडक पुगेसँगै ट्याक्टर र पिकपले सामान र्पुयाउन थालेपछि यो व्यवसाय संकटमा परेको हो ।

खच्चर पाली सामान ओसार पसार गर्ने व्यवसायिहरु व्यवसाय धरासायी भएपछि अन्य विकल्प खोज्नुपर्ने अबस्थामा पुगेका छन् भने केहि आम्दानी घटेपछि विदेशिन बाध्य भएका छन् ।

कोही आफ्ना यी साधनहरुलाई अन्य दुर्गम जिल्लाहरु जहां सडक यातायात पुगेको छैन त्यतातिर लिएर जान थालेका छन् ।

यातायात सुविधाको अभावका कारण सामान ढुवानीका लागी निर्विकल्प बनेका खच्चरहरु ग्रामीण यातायातको बढ्दो विकासले लोप हुंदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्