ईलाम नगरपालिका– २ मा हिजो बेलुका भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ईलाम बाट पिपलबोट तर्फ जादै गरेको मे ५ प २४१३ नम्वरको मोटरसाईकललाई मे १ त २५२१ नम्वरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाईकलमा सवार ईलाम नगरपलिका ८ का ३० वर्षिय प्रेम गुरूङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाईकल चालक स्थानीय २८ वर्षीय अरुण गुरूङ घाईते हुनुभएको छ । घाईतेको ईलाम जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।