काठे पुल जीर्ण बनेपछि आवतजावतमा समस्या

काठे पुल जीर्ण बनेपछि आवतजावतमा समस्या

खोटाङको दक्षिणी गाविस सप्तेश्वर छितापोखरी र इन्द्रेणीपोखरी जोड्ने टुवा खोलाको काठे पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ ।
तेह्र वर्षअघि निर्माण गरिएको ५५ मिटर लम्बाइको काठे पुल मक्किएर जीर्ण बनेको हो । पुल जिर्ण बनेपछि छितापोखरी, इन्द्रेपोखरी, सिम्पानी, बतासे, डाँडागाउँलगायतका गाविसवासीलाई आवतजावत गर्न समस्या भएको स्थानीय गणेश खड्काले बताउनुभयो ।
खोला तर्न झोलुङ्गे पुल लगाइएको ठाउँमा पुग्न दुई घन्टा घुम्नु पर्दा कतिपय स्थानीयले जोखिम मोलेरै जीर्ण पुलकै प्रयोग गर्दै आएका छन् । पुल मर्मतका लागि माग राखेपनि सुनुवाई नभएको स्थानीयको भनाई छ । अहिलेसम्म त्यहि जिर्ण हल्लिने पुलकै सहारमा विद्यार्थीले आवातजावत गर्दै आएपनि कुन दिन ठूलो विपत्तिको सामना गर्नुपर्ने हो भन्दै स्थानीय चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्