व्यक्तिको घडी, ज्याकेट र पर्स सम्म खोस्ने अधिकार कसैसंग छैन भने राज्यले कसरि नागरिकहरुको निजि सम्पतिमाथि अतिक्रमण गर्न सक्छ ?

<span class='c1'>व्यक्तिको घडी, ज्याकेट र पर्स सम्म खोस्ने अधिकार कसैसंग छैन</span> <span class='c2'>भने राज्यले कसरि नागरिकहरुको निजि सम्पतिमाथि अतिक्रमण गर्न सक्छ ?</span>

केहि प्रस्नबाट आफ्नो कुरा सुरु गर्न चाहन्छु l  के म तपाइले लगाएको घडी तपाइको हातबाट खोस्न सक्छु ? के तपाइको ज्याकेट खोस्ने अधिकार मलाइ छ ? के तपाइँसंग भएको कुनैपनि सामान तपाइको सहमति बिना म अतिक्रमण गर्न सक्छु ? पक्कै पनि मलाई यसो गर्ने अधिकार न त तपाई नै दिनु हुन्छ न त राज्यले नै दिन्छ l “किन खोस्न मिल्दैन मैले तपाइको सामान”? तपाइको उत्तर हुनेछ, “किनकि यो तपाइको व्यक्तिगत सम्पति हो त्यसैले” l तपाइको एउटा घडी र ज्याकेट खोस्ने अधिकार मलाइ छैन, यदि गर्छु भने म अपराधी करार गरिन्छु, त्यसो भए के राज्यलाई तपाइको निजि सम्पति खोस्ने अधिकार छ त ? कानुनि हिसाबले पक्कै पनि छैन l जब एकजना व्यक्तिले अरुको व्यक्तिगत स्वतन्त्रता र सम्पतिमाथि आक्रमण गर्दा अपराध हुन्छ भने राज्यले गर्दा कसरि त्यो न्यायसंगत हुन सक्छ ? तर हामी एक व्यक्तिद्वारा अरुको जीउधन माथि गरिएको आक्रमणलाइ अपराधको संज्ञा दिन्छौ भने राज्यले गरेको अतिक्रमणलाइ सहजताका साथ् लिन्छौ l

किनकि हामी अझैपनि “जीउधन सरकार को” हो भन्ने पुरानो मान्यतामा बाचीरहेका छौ l जुन मान्यता सरासर गलत छ र यस मान्यताबाट बाहिर निस्कन जरुरि छ l

कसरि जिउ धन सरकार वा राज्यको हुनसक्छ ? व्यक्तिले सरिर प्रकृतिबाट प्राप्त गर्ने कुरा हो, त्यसैले सरिर व्यक्तिको निजि सम्पति हो l कोहि पनि व्यक्तिले आफ्नो सरिरको (दिमाग, हात, खुट्टा आदि) अंगहरुको सहि उपयोग गरि सम्पति आर्जन गर्ने सामर्थ राख्दछ l यदि उसले आफ्नो सारीरिक  क्षमताको उपयोग गरि राज्यको कानून सम्बत सम्पति आर्जन गर्दछ भने त्यो व्यक्तिगत सम्पति माथि पूर्ण उसको आफ्नो अधिकार स्थापित हुन्छ l निजि सम्पति भएको कारण व्यक्तिले आफ्नो सम्पति जसरि पनि उपयोग र खर्च गर्ने अधिकार राख्दछ l   तर  यस सम्पति माथि अरु कसैले पनि दावा वा अतिक्रमण गर्ने नैतिक अधिकार राख्दैन, यदि कसैले गर्दछ भने त्यो कानुन बिपरित ठहरिन्छ l व्यक्तिको यहि अधिकार सुनिस्चित गराउनको निम्ति राज्यमा न्याय, प्रसासन तथा कानुनि निकायहरुको स्थापना गरिएको हुन्छ l जसको प्रमुख दायित्व व्यक्ति वा नागरिकहरुको जिउ धनको सुरक्षा गर्नु भनेर निर्धारित गरिएको हुन्छ l

व्यक्तिको अधिकारमाथि  दुइवटा निकायबाट आक्रमण हुन सक्छ, पहिला व्यक्ति र अर्को राज्य l यदि एक व्यक्तिले अर्को व्यक्तिको जिउधन र अधिकार माथि आक्रमण गरेको खण्डमा राज्यले सो व्यक्तिलाई आपराधि करार गरि निर्दोषलाई न्याय र दोषीलाइ कारवाहीको दायरामा ल्याई न्याय प्रधान गर्दछ  l तर यदि राज्यले नै व्यक्तिको जिउधन र अधिकार माथि आक्रमण गर्दछ भने त्यसबेला राज्यबाट व्यक्तिलाई कसले हिफाजत गर्ने ? संबिधान व्यक्तिलाई राज्यको अत्याचारबाट बचाउनको निम्ति तयार गरिएको दस्ताबेज हो जसले व्यक्तिलाई राज्यको अत्याचारबाट जोगाउन पहल गर्दछ l त्यसैले राज्यका कानूनहरु संबिधान सम्बत भइ नागरिकहरुको हक अधिकारको रक्षा गर्ने तर्फ आग्रसर हुनु पर्दछ l यदि राज्यका कानूनहरु संबिधान बिपरित कार्य गरि नागरिकहरुको हक अधिकारमाथि आक्रमण गर्दछ भने त्यो अन्यायको बिसय हुनेछ जसको प्रतिबाद र प्रतिकार गर्ने अधिकार नागरिकहरुमा सुनिस्चित हुन्छ किनकि अन्यायपूर्ण कानुन कुनै कानून नै होइन l

म व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्दछु र ब्यतिगत स्वतन्त्रताको पक्षमा वकालत गर्दछु  l मेरो बिचारमा हेरेक व्यतिको स्वतन्त्रता र अधिकार हुन्छ, उसले आफ्नो स्वतन्त्रता र अधिकार तबसम्म उपभोग गर्न पाउनुपर्छ जब सम्म उसले अरुको अधिकारमाथि आक्रमण वा अत्क्रमण गर्दैन l यदि व्यक्तिले अरुको अधिकारमाथि आक्रमण गर्दछ भने राज्यले त्यसबेला मात्र आफ्नो अधिकारको प्रयोग गर्नु पर्दछ अन्यथा होइन l व्यक्ति जसै गरि राज्यको पनि निश्चित अधिकारको सिमा निर्धारण गरिएको हुन्छ जसको दायरा भित्र मात्र रही उसले कार्य गर्नु पर्दछ l

म यो प्रसङ्ग हाल बिराटनगरमा भै रहेको बाटो विस्तारको सन्दर्भमा लेखिरहेको छु l स्वभावले नै मानिस विकास र परिवर्तन चाहन्छ l हामी सबैलाइ आफ्नो ठाउँको विकास भएको हेर्ने र राम्रो ठाउमा बस्ने रहर हुन्छ, म पनि त्यहि चाहन्छु l तर मेरो विचारमा विकासको पनि प्रक्रिया हुन्छ l बिकास गर्ने नाममा कुनै पनि व्यक्ति अन्यायमा पारिनु हुदैन l हामी मद्धे धेरैलाइ लाग्छ धेरै जनाको हितको लागि एकजना व्यक्ति अन्यायमा परेपनि केहि फरक पर्दैन l समाजको हितको लागि केहि व्यक्तिलाई तिलान्जली दिन सकिन्छ l तर हामीले बुज्नु पर्ने कुरा यो हो कि हामीले समाज खोज्न गयौ भने कहिँ भेटिदैन, मात्र व्यक्ति भेटिन्छ l हरेक व्यक्तिहरुको कारण नै समाज निर्माण भएको हुन्छ l मानब समाजलाइ आजको यो अवस्थामा समाजले ल्याएको होइन, व्यतिको योगदान गर्दा हो l  आज सम्म जति पनि नया कुराहरुको आविस्कार भएका छन त्यो समाज र सरकारले होइन, व्यक्तिले सिर्जना गरेका हुन l व्यक्तिसंग सोच्न सक्ने र आविस्कार गर्न सक्ने क्षमता हुन्छ, समाज संग होइन l यदि व्यक्तिले नसोचीदिने हो भने कुनै पनि  समाज र राष्ट्र आगाडी बढ्न सक्दैन l आज हामी जति पनि चोकमा ठडिएका मुर्तिहरु हेर्छौ ति सबै व्यक्तिहरुका हुन्छन नकी झुण्ड वा समाजको l  त्यसैले व्यक्तिलाई तिलान्जली दिएर समाजलाई बचाउने प्रयास भन्दा पनि हरेक व्यक्तिको व्यक्तिगत अधिकार सुनिस्चित गरि समाजलाई आगाडी बढाउने प्रयासको म सम्मान गर्दछु l

हाल बिराटनगर उपमहानगरपालिकाले विकास गर्नको निम्ति बाटो विस्तार गर्ने परियोजनाको थालनी गरिरहेको छ l  जसको समर्थनमा र बिरोधमा दुवै तर्फी कुराहरु सुन्नमा आइरहेको पाइन्छ l कोहि बाटो बढ्नु राम्रो हो भनि वकालत गरिरहेका छन् भने कोहि यसको बिरोधमा उभिएको देखिन्छ l बाटो बढ्नु पर्छ भन्नेहरु नगरको विकासको निम्ति बाटो बढेको राम्रो भन्ने गरेका छन l उता नगरपालिकाको निर्णय गलत भन्नेहरुले यसलाई नगरपालिकाको ज्यादतिको संज्ञा दिइरहेका छन्, जसलाई बाटो बन्नु पर्छ भन्ने पक्षहरु विकास बोरोधिको रुपमा हेरिरहेका छन् l मेरो विचारमा यहाँ प्रस्न, को विकास बिरोधि र को बिकासको समर्थक भन्ने कुराको होइन, न्याय, अन्याय र प्रक्रियाको हुनुपर्दछ l व्यक्तिले आफ्नो सम्पति जसरि पनि उपयोग र खर्च गर्न पाउछ भनेर मैले अघि नै भनि सकेको छु l उसलाई मन लायो भने बाटो, अनाथआश्रम वा वृद्धाआश्रम जसलाई दान दिन पनि सक्छ, तर यदि उसको सम्पति आफुसंग राख्ने निधो गर्छ र आफ्नो खुसीले खर्च गर्ने सोच बनाऊदछ भने उसले आफ्नो मन खुसि गर्न पाउदछ, यसमानेमा कुनै व्यक्ति वा राज्यले पनि यसमा उसलाई दबाब दिन मिल्दैन l

यदि व्यक्तिले राज्यको जग्गा मिचेर घर बनाएको छ भने राज्यले आफुलाई आवस्यक पर्दा आफ्नो जग्गा वापस लिन वा अतिक्रमण गर्नसक्छ, तर यदि व्यतिले आफ्नो घर राज्यको मापदण्ड अनुरुप बनाएको छ भने निजको सहमति र इच्छा बगैर कुनै पनि हालतमा उसको सम्पतिमाथि अतिक्रमण गर्ने अधिकार न त व्यक्तिमा हुन्छ न त राज्यमा l यहा भोलेन्टरिली कोअपरेसन (स्वेच्छाले सहयोग) वा  इन्भोलेन्टरिली कोअपरेसन (इच्छा बिना)को कुरा आउदछ l जस-जसले भोलेन्टरिली कोअपरेसन (स्वेच्छाले सहयोग) गरि बाटो बनाउन नगरलाई आफ्नो जग्गा राज्यलाई दिनु भएकोछ उहाहरुको सामाजिक योगदान प्रति म सम्मान प्रकट गर्दछु l तर जो यो बाटो विस्तार गर्ने अभियानमा भोलेन्टरिली कोअपरेसन (स्वेच्छाले सहयोग) गर्न रुचाउदैनन् उनीहरुको व्यक्तिगत स्वतन्त्रता र सम्पतिमाथिको अधिकारको पनि सम्मान गरिनुपर्छ l बाटो विस्तार गर्न यदि नागरिकहरुको निजि सम्पति प्रयोग गर्न जरुरि पर्छ भने उनीहरुको सहमतिमा मुवाब्जा दिएरमात्र प्रयोग गर्न सकिने कुराको स्पस्ट ब्याख्या कानुनले गर्दछ l नागरिकहरुमाथि राज्यले शक्ति प्रयोग गरि उनीहरुको व्यक्तिगत सम्पतिमाथि अतिक्रमण गर्न मिल्दैन l हाल सम्मको अवस्था हेर्दा बिराटनगरको बाटो विस्तार गर्ने योजना अन्तर्गत बाटोमा पर्न जाने निजि सम्पतिलाइ मुवाब्जा दिने कुनै योजना छैन l यदि नागरिकहरुको इच्छा बिपरित यसो हुन गएमा राज्यले बलजफ्ती गरेको देखिन्छ, जुनकुरा नागरिकहरुमाथि सरासर अन्याय हुनेछ l भनिन्छ राज्य आफुलाई बलपूर्वक शक्ति प्रयोग गर्न सक्ने एकमात्र बैधानिक संस्था भएको दावा गर्दछ l उ संग बन्दुक हुन्छ, बन्दुकको भरमा नागरिकहरुमाथि दमनको नीति अवलम्बन गरि आफ्नो आभिप्सा पुरा गर्न सक्छ, यसो भएको खण्डमा कानुनको उपहास भएको ठहर हुनेछ l  नागरिकहरु संग यस अवस्थामा या त अदालतको ढोका खटखटाउने विकल्प हुन्छ या त ज्यादती बिरुद्ध उत्रिएर प्रतिकार गर्ने l

बिराटनगरमा हाल भइरहेको बाटो विस्तारको मुद्दालाइ लिएर नागरिक सरोकार मंचले संघर्स समितिको निर्माण गरि बाटो विस्तार अभियानको बिरोध गर्दै आएको छ l संगर्ष समितिको भनाइ अनुसार हाल बिराटनगरमा भइरहेको बाटो विस्तार अभियान अव्यवहारिक र अबैधानिक छ, किन भने बाटोको मापदण्ड निर्धारण गर्ने अधिकार नेपाल सरकारलाई बाहेक अन्य कसैलाई पनि अधिकार प्रायोजन गरिएको छैन l समितिको भनाइ अनुसार, यदि बिराटनगर उपमहानगरपालिकाले बाटोको मापदण्ड निर्धारण गर्दछ भने स्वत यो निर्णय कानुन संग बाझिने देखिन्छ, जसको (बिराटनगर उपमहानगरपालिका) खिलाफमा अदालतले बिगतमा निर्णय गरिसकेको अवस्था देखिन्छ l नगरपालिकाले जनप्रतिनिधि नभएको संक्रमणकालिन अवस्थामा कुनैपनि दिर्घकालिन ठुला परियोजना संचालन गर्न नमिल्ने समितिको भनाइ छ भने परियोजना संचालन गर्दा  उ संग पुरा योजना हुन जरुरि छ तर हाल बाटो विस्तारको सम्बन्धमा नगरपालिकासंग ठोस योजना नै छैन l हाल संचालन गरिएको एडीबी परियोजना अन्तर्गत बाटो विस्तार गर्नको निम्ति घर तोडी जग्गा अतिक्रमण गर्ने सम्झौता कतै नरहेको कुरा समितिका पदधिकारीहरु बताउछन l उनीहरुको भनाइ अनुसार हाल नगरपालिकाले घर तोडी बाटो विस्तार गर्ने होइन मात्र   पेटी विस्तार गर्ने योजना हो l  बिराटनगर उपमहानगरपालिकाले महत्वपुर्ण सूचना लुकाई नागरिकहरुलाई गुमराहको स्थितिमा राखेको भनि समितिको आरोप छ l

राज्यमा कुनैपनि कुरा कानुन सम्बत् संचालन गरिनु पर्दछ l बिधिको सासन अन्तर्गत संचालन भएको मुलुकमा नागरिकहरुको जिउ धनको सुरक्षाको प्रत्याभूति गराइएको हुन्छ l  जसलाई कानुन र प्रभाबकारी न्याय प्रणालीले समरक्षण गरि हरेक नागरिकहरुलाई अन्यायमा पर्नबाट जोगाऊदछ l नेपालको न्याय र कानून हेर्ने निकायले पनि सो कुरा प्रत्याभूति नागरिकहरुलाई गर्न सक्नु पर्दछ l न्याय  छिटो र विभेदरहित हुनुपर्दछ l भनिन्छ ढिलो न्याय दिनु भनेको अन्याय गर्नु बराबर हो, न्याय जति छिटो दिन सक्यो त्यतिनै प्रभाबकारी हुन्छ र सहि निर्णयले  नागरिकहरुलाई आन्यायमा पर्नबाट जोगाऊदछ l

अधिकांस मानिसहरुको बाटो बनाउने जस्तो पपुलर मुद्दा प्रति सहानुभूति देखाउनु स्वाभाविक छ, किन भने त्यो मुद्दा कर्णस्पर्सी हुन्छ र सुन्दामा राम्रो लाग्छ l बाटो बनाउने कुरा राम्रो हो, सबै जना यसको प्रसंसा नै गर्छन l म पनि बाटो बन्नु पर्छ र सहरको विकास हुनुपर्छ भन्ने कुराको पक्षपाति हु भन्ने कुरा अघिनै गरिसकेको छु l म विकास नचाहने व्यक्ति होइन, म पनि तपाईजति नै यो सहरलाइ माया गर्छु l  तर विकास नियम कानुन सम्बत होस् र कोहि पनि नागरिक अन्यायमा नपरोस भन्ने मेरो चाहना हो l  हाल बिराटनगर उपमहानगरपालिकाको बाटो विस्तार योजनामा धेरै नागरिकहरुको निजि सम्पति बाटोमा पर्ने स्तिथि देखिन्छ, जसलाई सहमति नगरी भत्काईनु नियम संगत हुनेछैन l ति बाटामा पर्ने बैधानिक घरलाई कुनै मुवाब्जा नदिइ बाटो विस्तार गरिदा नागरिकहरु अन्याय पर्ने निश्चित छ l जसको घर बाटो विस्तार अन्तर्गत पर्दैन, उनीहरु बाटो बढी भन्दा बढी फराकिलो हुनुपर्छ भन्ने सोच राख्नु स्वाभाविक मान्नु पर्छ तर जसले त्यसमा फरक विचार प्रस्तुत गर्दछन तिनीहरुलाइ विकास बोरोधिको भनि हाल्नु ठिक नहोला जस्तो लाग्छ l

आफ्नो नगरको विकास होस भन्ने कुरा को चाहदैन, जो नागरिक आज आफ्नो घर फुट्ने डरले बाटो विस्तार गर्ने परियोजनाको बिरोध गर्दैछन, तिनीहरुले हिजोको दिनमा पनि बजार  बिकासको लागि बाटो नदिएका होइनन l  १०० वर्ष भन्दा बढीको इतिहास बोकेको बिराटनगर मेन बाटो सधै यति ठुलो र फराकिलो थिएन होला l धेरै पटक नागरिकहरुले बाटोको लागि आफ्नो जमिन दिए होलान l  जसकारण आज १३ मिटरको बाटो भएकोछ, जसलाई बिराटनगर उपमहानगरपालिकाले हाल कहिँ १७ र कहिँ १५ मिटरको बाटो कायम गर्ने भनि उर्दी जाहेर गरेकोछ l अहिले १५ मिटर कायम गर्ने भनि नागरिकहरुको घर फोड्ला, १० वर्ष पछि नगरको बाटो फेरी साघुरो होला अनि फेरी २० मिटर फराकिलो बाटोको उर्दी जाहेर गर्ला, कहिले सम्म नागरिकहरुको घर तोडफोड गरिरहने ? केहि ढंगको दुरदर्शी योजना त हुनु पर्यो नि नगरपालिकासंग l फेरी बिराटनगरको बाजार धेरै हदसम्म मेनरोडमा मात्र अवस्थित छ, त्यहाँ रहेको घरहरु फोडीदा सम्पूर्ण ब्यापार व्यवसायलाइ नै असर पर्दछ, कहाँ व्यवस्थित गर्ने त्यो व्यापार व्यवसायलाई ? केहि योजना छ नगरपालिकासंग ?  धेरै जग्गा जमिन र सम्पति हुनेहरुलाई पुनर्स्थापित हुन त्यति समस्या नहोला तर जसको केहि धुर जग्गामा मात्र घर अवस्थित छ तिनीहरुको उठिबास हुने स्थिति भयो भने उनीहरु कहाँ गएर बस्ने ? उनीहरुको फुटेको घर के ले पुननिर्माण गर्ने ? यसबारे पनि उपमहानगरपालिकाले सोच्न जरुरि छ l

हाम्रा नीति नियम बनाउने र त्यसलाई कार्वानयन गर्ने राज्य सेवकहरुले कुनैपनि परियोजना संचालन गर्नु भन्दा पहिले आफुलाई सिक्षित र जानकार बनाउन जरुरि हुन्छ, ता की त्यस परियोजनाले नागरिकहरुलाई पुर्याउने तत्काल र दिर्घकालिन असर, फाइदा बारे नियाल्न मदत गरोस l हामि सबैले बुझ्नु पर्ने कुरा के हो भने नीति निर्माण गर्ने र त्यसलाई कार्वानयन गर्ने राज्य सेवकहरुले जहिले पनि जनहित भन्दा आफ्नो व्यक्तिगत फाइदाबाट प्रेरित भएरमात्र कुनै कार्य गर्ने गर्दछन, किनकि उनीहरु पनि अन्य मानिसहरु सरह नै व्यक्तिगत स्वार्थबाट प्रेरित हुन्छन l त्यसैले बाटो बन्नु भन्दा पनि उनीहरुलाई त्यस परियोजनाबाट के प्राप्त हुन्छ भन्ने कुरा उनीहरुको लागि महत्वपुर्ण हुन्छ l यसकुराको उदाहरण भर्खर केहि समय अघि मात्र बनाईएका धेरै बाटाहरु भत्काइनुबाट छर्लंग हुन्छ l केहि दिन अघि मात्र करोडौ रुपैया खर्च गरि बनाइएका नगरका बाटाहरु बिकासको नाममा फेरी भत्काईदैछ, आखिर किन? कसको पैसा यसरि दुरुपयोग गरिदैछ ?

मिल्टन फ्रीडम्यान भन्छन, “पैसा चार तरिकाले खर्च गर्न सकिन्छ, जब  हामी  आफ्नो  पैसा  आफु  माथि  खर्च  गर्छौ,  तब  हामी  कमै  मात्र  गल्ति  गर्छौ l  किनकि  त्यसबेला  पैसा  कमाउने , खर्च  गर्ने  र    लाभ   पाउने  ब्यक्ति  बीच  सम्बन्ध  दरिलो , प्रतक्क्ष्य   र  तत्काल  हुन्छ l  जब  हामी  आफ्नो  पैसा  अरुको  लागि  केहि  किन्नको  लागि  खर्च  गर्छौ, हामी लाई  हाम्रो  पैसाको  सहि  मूल्य  पाउने  प्रेरणा  त  हुन्छ  नै , साथै  हामी  अरुले   चाहेको  जस्तै  वा  उसलाई  आवस्यक  परेको  चीज  किन्छु  भन्ने  छैन l   जब  हामी  अरु  कसैको  पैसा  आफ्नो  लागि  केहि  किन्नको  लागि  प्रयोग  गर्छौ , तब  हामी  सहि  बस्तु  पाउने  प्रेरणा  हुन्छ  तर  मितव्ययी   हुने  कुनै प्रेरणा हुदैन l  अन्त्यमा  जब  हामी  अन्य  व्यक्तिको  पैसा  अरु  कोहि  व्यक्तिलाई केहि  किनिदिन  खर्च  गर्छौ भने   उक्त  अवस्थामा  कमाउने, खर्च  गर्ने  र  लाभ  पाउने  व्यक्ति  बीच  कुनै  सम्बन्ध  हुदैन,  जसकारण  फजुल  खर्च  हुने  र  श्रोतको  सबैभन्दा धेरै  हिनामिना हुन्छ l

कुनैपनि सार्वजनिक हितको लागि विकास कार्य गर्दा राज्यले नागरिकहरुले तिरेको करको पैसा खर्च गरिरहेको हुन्छ l   नगरपालिकाले बाटो विस्तार गर्ने यस अभियानमा अरु  कसैसंग  लिएको   पैसा  अरु  कसैको  लागि  खर्च  गरिरहेको  छ  l राज्यसंग  अरुसंग  लिएको  बाहेक  अरुलाई  दिने  केहि  पनि  हुदैन, त्यो बाहेक उसंग अरु कुनै उपाय नै हुदैन l सरकारले  आज  सम्म  सधै  गरि  रहेको  काम  नै  यही  मात्र  हो, जसकारणले  गर्दा  सरकारी  स्तरमा  धेरै  फजुल  खर्च  भै  राखेको  हुन्छ l सियो   किन्ने  देखि लिएर हवाई  जहाज  किन्ने  सम्म जति  पनि  खर्च  हुन्छ राज्यले जनताले तिरेको करबाट खर्च गर्दछ l जनताले तिरेको  करको पैसाको   राज्यले दुरुपयोग  होइन, सदुपयोग  गर्नुपर्ने   हुन्छ l विकास र बाटो विस्तार गर्ने नाममा भर्खर बनाएको बाटो जथाभाबी फुटाऊदै नागरिकहरुले तिरेको करलाई यसरि बर्बाद गर्न पाइदैन l यसप्रति नगरपालिका उत्तरदाई र जबाबदेहि हुनु नै पर्छ l सबैलाई जानकारी होस्, एडीबीले सहयोग  स्वरूप दिएको रकम भनि प्रचार गरेको कुरा सत्य होइन, यो त बिराटनगरका नागरिकहरुले करको रुपमा तिर्ने गरि आएको ऋण हो l

व्यक्तिगत तबरमा म बजार फुटोस र त्यहाँ भएका नागरिकहरुको धनजनको क्षति होस् भन्ने पक्षमा छैन l बाटो बढाउन नगरपालिकाको आफ्नो सार्वजनिक जग्गा पर्याप्त नभएको कारण नागरिकहरुको जग्गा लिएर उचित मुवाब्जा दिनसक्ने अवस्थामा नगरपालिका छ जस्तो मलाई लाग्दैन l त्यसैले अहिले बजार फुटाएर नागरिकहरुको जनधनको क्षति र बजारमा आश्रितहरुलाई बिस्थापित गराउनुको साटो अर्को विकल्पको बारेमा सोच्न जरुरि छ l हाल बजारको बाटो विस्तार भन्दा पनि बजार कसरि व्यवस्थित गर्ने भन्ने तर्फ सोच्न जरुरि छ l बिराटनगर बजारका पेटीहरुलाई स्लाब हालेर चौडा बनाउन सकिन्छ, साथै फुटपाथमा रहेका व्यापारलाई पनि उनीहरुको रोजीरोटी नमर्ने गरि बजार क्षेत्र भित्र नै व्यवस्थित गर्न सकिन्छ, यसले केहि हदसम्म भएपनि समस्या समाधानको लागि सहयोग गर्नेछ l अव्यवस्थित पार्किंगले बिराटनगरको बाटोलाई धेरै साघुरो र अस्तव्यस्त बनाएको छ l  बाटोमा पार्किंग गर्न नदिएर उपयुक्त ठाउमा पार्किंग स्थलको अवाधरणा अपनाई बजारलाइ व्यवस्थित बनाउन सकिन्छ l जसको लागि नगरपालिका आफैसंग पनि बजारमा पर्याप्त जग्गा रहेकोछ भने अपुग पार्किंग स्थलको लागि बजारमै निजि जमिन भाडामा लिएर उपयोग गर्नसक्ने सम्भावना पनि रहेको छ l धेरै व्यस्त चोकहरुमा ओभरहेड ब्रिजको धरणा अपनाई पनि ट्राफिकको समस्या समाधान गर्न सकिन्छ l धेरै भिड हुने बाटोलाइ वान वे (एकतर्फी) भनि निर्धारण गर्न सकिने अर्को सम्भावना छ l बजारको बाटो विस्तार गर्ने सोच गर्दा बिराटनगरको एतिहासिक पक्षलाइ नजरअन्दाज गर्न भने मिल्दैन l बिराटनगरको उपमहानगरपालिकाको उत्तर-दक्षिण तर्फ लम्बाई १५ किलोमीटर र पूर्व-पश्चिम चौडाई लगभग ४ किलोमीटर रहेको छ l बजारलाई यथास्थित राखी यसको पेरिफेरीमा नया बिराटनगर बजारको धरणा अवलम्बन गर्न सकिने सम्भावना नभएको पनि हैन, जसलाई कार्यरूप दिन पनि सकिन्छ l संसारमा पुरानो सहरको महत्वलाइ कायम राख्नको निम्ति नभत्काई नया सहरको स्थापना गरेको थुप्रै उदाहरणहरु छन् जसलाई हामी पनि अनुसरण गर्न सक्छौ l यी त बिराटनगर बजारलाइ व्यवस्थित गर्न सकिने केहि उदाहरण मात्र हुन, यस्ता अरु धेरै उपायहरु हुनसक्छन जसबारे हामी विचार गर्न सक्छौ l

हाल बजारमा यतिका ठुलो नागरिक सरोकारको मुद्दा उठिरहेको बेला हामी मद्धे अधिकांस चुप लागेर दर्सक बनेर बसेका छौ l यो बेला दर्सक बनेर बस्ने बेला होइन, सहि के हो र गलत के हो भनि छुट्याई त्यसबारे आवाज उठाउनु पर्ने बेला हो l आफ्नो राय, धारणा र विचार राख्ने बेला हो यो l भनिन्छ, दुइचार जना खराब व्यक्तिहरुले नराम्रो काम गर्ने बितिकै समाज बिग्रदैन, नराम्रो कुरा फस्टाउन राम्रो व्यक्तिले चुप लागेर बसिदिने हो भने नराम्रो कुरा आफै फस्टाएर जान्छ l कुनै पनि समाजमा केहि सिमित गलत कार्य गर्ने व्यक्तिहरु हुन्छन, अलि बढी ति गलत कार्य गर्ने व्यक्तिहरुबाट पिडित मानिसहरु हुन्छन, सबैभन्दा ठुलो जमात तमासा हेर्नेहरुको छ l जबसम्म दर्सकहरुको जमात ठुलो रहिरहन्छ तबसम्म समाजमा गलत कुराले प्रसय पाइरहन्छ l हामी हाम्रो जिम्मेवारीबाट भाग्न त सकौला तर त्यसको परिणामबाट भने भाग्न अवस्य सक्दैनौ l यदि कसैले मेरो छिमेकीलाई अकारण कुटीरहेको छ र म हेरेर बस्छु भने अब कुटाइ खाने पालो मेरो हुनसक्छ l छिमेकिको घरमा लागेको आगो ननिभाउदा त्यसले मेरो घर पनि जल्न सक्छ भन्ने कुरा बिर्सनुहुदैन l हामी के कुराको लागि बोल्छौ त्यसको लागि मात्र हामी जिम्मेवार छैनौ, हामी के कुराको बोल्दैनौ त्यसको लागि पनि त्यतिनै जिम्मेवार छौ l   भनिन्छ सम्पूर्ण रोम जलिरहदा सम्राट नेरो बासुरी बजाएर जलिरहेको सहर हेरी बसेका थिए l  कतै हामीपनि नेरो जस्तो व्यवहार त गरिरहेका छैनौ l त्यसैले मा भन्छु  हामी मद्धे कोहि पनि पिडित र पीडक नबनौ, त्यो भन्दा पनि हामी मात्र दर्सक नबनौ र गलत क्रियाकलापको बिरुद्ध आवाज उठाऔ l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्