बुहारी अस्वीकार गर्दा पैसा मागियो

<span class='c1'>बुहारी अस्वीकार गर्दा</span> <span class='c2'>पैसा मागियो</span>

 

विर्तामोड । दमक–१० निवासी विष्णुप्रसाद अधिकारी र मुनादेवी अधिकारीले घरमा जबरजस्ती बुहारी स्वीकार्न भन्दै संगिता लिम्बूलाई प्रवेश गराइदिएर अन्याय गरेको भन्दै सामाजिक न्यायको अपिल गरेका छन् ।
अधिकारी दम्पतीले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गरी कानुनी पक्षबाट हार हुने देखेपछि, सम्बन्धित पक्षले मानवअधिकारवादी तथा विभिन्न संघसंस्थाको नाममा हुलहुल्जत गरी लिम्बूलाई घर भित्राइदिएको र आफूलाई कुटपिट समेत गरेको बताए ।
‘लिम्बूले विवाह गरेको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि मुद्दा विचारधिन अवस्थामा रहेको बेला आफूसँग महिला संगठनका प्रतिनिधिले डाक बडाबडको शैलीमा २० लाखबाट सुरु गरी ८ लाख रुपैयाँसम्म मागे, मैले बुहारी प्रमाणित भए वा छोराले स्वीकार गरे सबै सम्पति छोरानातिलाई हुन्छ, तिमीहरुलाई किन पैसा दिने भन्दा हुलहुज्जत गरी घरमा प्रवेश गराइदिए मलाई कुटपिट गरे ।’ अधिकारीले पत्रकार सम्मलेनमा भने ।
अधिकारीले लिम्बूले आफ्ना श्रीमानले कुटपिट गरी सासुसुसराले श्रीमानकै पक्ष लिएको भनेको मितिमा आफूहरु सहदम्पती नै अष्टे«लियामै रहेको समेत बताएका छन् । दमकमा आफ्नो दाइजोबाट ल्याएको पैसाले ०६८ सालमा कृषि भण्डार खोलिएको भनेको कृषि भण्डार आपूmले २०५१ सालदेखि नै सञ्चालन गरिरहेको समेत उनले बताएका छन् ।
विभिन्न संघसंस्थाको नामबाट लिम्बूलाई घरमा प्रवेश गराएपछि आफूहरु आफ्नै घरबाटै निकालिनुपर्ने बाध्यता सिर्जना भएको तथा छोरा सागर अधिकारी समेत सम्पर्कविहीन रहेको बताएका छन् । अधिकारी नेकपा मालेका जिल्ला सदस्य हुन् । कथित बुहारीले मानवअधिकारवादीलाई समेत हार गुहार गरेकी थिइन् । झापाका मानवअधिकारवादी संस्थाले कुरै नबुझी अधिकार दिलाउन प्रशासन कार्यालयसमेत पुगेको स्रोतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्