इटहरीमा प्राविधिक विषयका प्रशिक्षक तथा सहायक प्रशिक्षकसम्बन्धी १० दिने तालिम शुरु

इटहरीमा प्राविधिक विषयका प्रशिक्षक तथा सहायक प्रशिक्षकसम्बन्धी १० दिने तालिम शुरु

प्राविधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी)को आयोजनामा सुनसरीको इटहरीमा प्राविधिक विषयका प्रशिक्षक तथा सहायक प्रशिक्षकसम्बन्धी १० दिने तालिम शुरु भएको छ ।
नर्सिङ इलेक्ट्रोनिक्स र कृषि विषययको प्रशिक्षक उत्पादनका लागि आयोजित तालिममा पूर्वाञ्चलको विभिन्न जिल्लाका २० प्रशिक्षक र २० सहायक प्रशिक्षकको सहभागिता रहेको छ ।
सिटिइभिटीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शिव दाहालले तालिमको शुभारम्भ गर्दै युवाहरुलाई आफ्नो गाउँघर तथा जिल्लामा नै स्वरोजगार बनाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप विभिन्न जिल्लाका युवाहरुलाई तालिममा सहभागी गराइएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्