‘पूर्वाञ्चल स्पोर्टस सप्ताह’ विराटनगरमा सुरु

‘पूर्वाञ्चल स्पोर्टस सप्ताह’  विराटनगरमा सुरु

‘पूर्वाञ्चल स्पोर्टस सप्ताह’  विराटनगरमा सुरु भएको छ । विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेन्डरी बोडिङ स्कुलको आयोजनामा स्पोर्टस सप्ताह सुरु भएको हो ।
विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुट गर्ने उद्देश्यले स्कुलको प्रङगणमा सुरु भएको प्रतियोगिताको विभिन्न इभेन्टको खेलहरु सञ्चालन भएको छ ।
माघ २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, टेबल टेनिस, ब्याटमिन्टन, टेवलसकर, चेस, रनिङ, रिले रेस सुरु भएको छ । त्यस्तै नर्सरी देखी यलकेसीसम्म अध्यरन विद्यार्थीहरुको लागी बेस द ब्यालुम, चकलेट रेसलगायतको विभिन्न खेलहरु रहेको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्कुलका निर्देशक भरत सापकोटा, प्रिन्सिपल अर्जुन श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्