‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइयो

‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइयो

झापाको बुधबारेमा सुपारीको पट्याँस र पातबाट प्लेट बनाउने प्रविधियुक्त मेसिन ल्याइएको छ ।
सुपारीखेती विकास संस्थाले भारतको तमिलनाडुबाट १२ लाख रुपैयाँमा खरिद गरी ‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइएको संस्थाका महासचिव नीलकण्ठ तिवारीले बताउनुभयो ।
महासचिव तिवारीका अनुसार यसबाट छ प्रकारका ‘डिनर प्लेट’ निर्माण गर्न सकिन्छ । मेसिनले प्रतिघन्टा १५० केजी सुपारीको पट्याँस वा पातलाई प्रशोधन गर्ने महासचिव तिवारीले बताउनुभयो ।
सुपारीको पट्याँसको प्लेट प्लास्टिकका प्लेटभन्दा सस्तो हुने र वातावरणमैत्री पनि हुने बताउनुभयो । मेसिन पूर्वाञ्चल सुपारी उद्योग बुधबारेमा स्थापना गरी एक महिनाभित्र प्रशोधन तथा उत्पादन कार्य थालिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्