ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सिरहामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ४ त ८६९८ नम्बरको ट्रयाक्टर सिक्रौन–४ मा दुर्घटना हुँदा चालक सिक्रौन कै ३३ वर्षिय सञ्जीव यादवको मृत्यु भएको हो । ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको र चालक यादवको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रुकुममा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुसिकोटबाट रुकुमकोटका लागि छुटेको रा १ त ६७४ नम्बरको ट्रयाक्टर मुसिकोट–१ पातुखोला नजिक दुर्घटना हुँदा ४० वर्षिय गोविन्द खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्