पाँच दिनपछि व्यवसायी अपहरण मुक्त

<span class='c1'>पाँच दिनपछि व्यवसायी</span> <span class='c2'>अपहरण मुक्त</span>

प्रदीप परियार
बिर्तामोड । माघ १८ गतेदेखि अपहरणमा परेका बिर्तामोडका अलैँची व्यवसायी सुनिलकुमार विन्दललाई प्रहरीले शुक्रबार धरमपुरबाट अपहरण मुक्त गरेको छ ।
प्रहरीको विशेष सुराकीबाट घटनाबारे जानकारी पाएपछि अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र क्षेत्रीय प्रहरी कर्यालय विराटनगरको संयुक्त टोलीले अपरणमा परेका विन्दललाई सकुशल अपहरण मुक्त गराएको हो । गत आइतबार मेचीनगरपालिका–१० काँकरभिट्टाबाट साँझदेखि सम्पर्कविहीन भएका विन्दललाई धरमपुर–५ मा रहेका हर्क कन्दङ्वाको घरमा फेला पारेको हो ।
विन्दलको अपहरणमा उनीसँगै अपरणमा परेका भनिएका बजरंग पन्सारी विन्दल अपहरण प्रकरणको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । अपहरण गर्ने मेचीनगरपालिका–१० का पन्सारीसँगै प्रहरीले बिर्तामोड–७ विर्ताबजारका केशव फुँयाल, कोक्राझार जिल्ला अडियाबारी आसामका राजकुमार थापा, चिराङ आसाम भारतका फौद तामाङ र झापा धरमपुर–३ पारावारीका भुवन कार्कीलाई पक्राउ गरेको छ ।
सादा पोशाकमा खटिएका प्रहरीको दुई वटा टोलीले विन्दललाई मुक्त गराउने क्रममा अपहरणकारीबीच भएको भिडन्तमा सहायक प्रहरी निरीक्षक र अपरणकारी फौद तामाङ घाइते भएका छन् । घटनास्थलमा ७ साउन्ड गोली समेत चलेको थियो । उनीहरुको उपचार बिर्तामोडमा भइरहेको छ । अपहरणकारी समूह भारतको आतङ्कवादीसँग तालमेल गर्दै नेपालमा दशकौँदेखि यस्ता कार्यमा सम्लग्न भएको प्रहरीको अनुमान छ ।
ठुलाठुला व्यापारीलाई अपहरण गर्ने र फिरौति लिँदै छोड्ने यस समूहले हत्या गर्ने नगरेको स्रोतले जनाएको छ । उनीहरुको साथबाट पाँच थान मोबाइल, दुईनाल पेस्तोल, पर्स बरामद गरेको छ ।
प्रहरीले अनुसन्धानमा अनुभवी प्रहरी, अनुसन्धानकर्ता र वैज्ञानिक स्रोत र साधनको प्रयोग गरी अपहरणकारीलाई पक्राउ गर्न सफल भएको हो । नेपाल प्रहरी र भारतीय प्रहरीका विभिन्न इकाइसँग समेत समन्वय गरिएको जिल्ला प्रहरीले जनाएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकरी गराइएको हो । अपहरणकारी पक्राउ गर्न प्रहरी सफल भएपछि व्यवसायी र स्थानीयबासीले नेपाल प्रहरी जिन्दावाद भन्दै नारा समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्