अन्तर विद्यालय स्तरीय नकाउट टुनामेन्र्ट २०७१ को छनौट चरणको खेलहरु सुरु

अन्तर विद्यालय स्तरीय नकाउट टुनामेन्र्ट २०७१ को छनौट चरणको खेलहरु सुरु

विराटनगर, २५ माघ ÷ रमपम अन्तर विद्यालय स्तरीय नकाउट टुनामेन्र्ट २०७१ को छनौट चरणको खेलहरु आईतबार सुरु भएको छ ।
नेपाल विद्यालय फुटबल संघ मोरङको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको अर्पण र सनसाइन स्कुल बिजयी भएको छ ।
विराटनगरको रानीमा रहेको जट मिलको खेलमैदानमा सुरु भएको पहिलो खेलमा अन्नपूर्ण स्कुलाई १– ० गोल अन्तरले पाखा लगाउदै अर्पण स्कुल बिजयी भएको हो । अपर्णका एन्जीत रिजालले गरेको गोल नै टिमको लागी जित सुनिश्चत भएको थियो ।
त्यस्तै सोही दिन भएको दोस्रो खेलमा मदरल्याण्ड एकाडेमीलाई २– ० को गोल अन्तरले पराजित गर्दै विराटनगरको सनसाइन स्कुल बिजयी भएको छ । सनसाइनका नविन कामत र रोहित लोहनीले गोल गरेका थिए ।
प्रतियोगिताको सोमबारकोे पहिलो खेल डनबस्को स्कुल र सगरमाथा, दोस्रो खेल विराट को – ओपे¥याटिभ र गौतमबुद्ध, तेस्रो खेल पारागन र गोदावरी स्कुल रहेको कार्यक्रम संयोजक प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
विद्यालय स्थरदेखी नै खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा मोरङका ३५ वटा निजी तथा सामुदायिक विद्यालयहरुको सहभागीता रहेको समितिको अध्यक्ष सुनिल पौडेलले जानकारी दिए ।
प्रतियोगिताको बिजेता हुने टिमले नगद २५ हजार र उपबिजेतालाई नगद १५ हजार रुपैयाँ र आकषर्ण ट्रफी रहेको छ । प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल रानीको प्रहरी नयाब उपरीक्षक काजी राईले मुख्य रेफ्री सन्दीप राउतलाई फुटबल दिएर उद्घाटन गरेका थिए ।

((

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्