जिम्बाबेले श्रीलंकालाई ७ विकेटले पराजित

जिम्बाबेले श्रीलंकालाई ७ विकेटले पराजित

विश्वकप क्रिकेटको अभ्यास खेलमा जिम्बाबेले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डमा भएको अभ्यास खेलमा जितका लागि पाएको २ सय ८० रनको लक्ष्य जिम्बाबेले खेल सकिन २८ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा ग¥यो । जिम्बाबेलाई जिताउन ह्यामिल्टन मासाकाद्जले नआउट १ सय १७ रन बनाए । यस्तै सेन विलियम्स पनि ५१ रनमा नट आउट रहे । ब्रेण्डन टेलर ६३, चाबु चिबाबा २२ र सिकन्दर राजा ७ रनमा आउट भए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७९ रन बनाएको थियो । उसका लागि दिमुथ करुणारत्नेले ५८ तथा जीवन मेन्डिसले ५१ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्