भ्यालेनटाईन डे मा तिम्रो सम्झनामा

भ्यालेनटाईन डे मा तिम्रो सम्झनामा

 

भ्यालेनटाई डे भन्ने विक्तिकै माया प्रेम संग जोडिएको छ । आजका दिन आफ्नो मनको कुरा तिमीलाई उपहार स्वरुप टक्क्रउने मन थियो sarala kattelतर तिमिलाई मैले चिन्न सकेको छैन । कसरि तिमीलाई मेरो उपहार टक्राउन सक्छु । तिमी कहाँ म कहाँ ? तिम्र तस्विर मात्र थाहा पाए त तिम्रो नाममा आजकै दिन आफुलाई उपहार दिने थिए । तिम्रो निर्मल मायामा हराउने थिए ।

तिमी मेरो मन परेको व्यक्ति अनि मेरा प्रेमका अव्यक्त शब्दहरु तिमीलाई भन्ने दिन आज तिम्रो प्रतिक्षामा छु । आजका दिन तिमीलाई आफ्ना प्रेम प्रस्ताव राखेर जिवन भरिको लागी आफनो बनाउन चाहन्छु । तिमीले मलाई एकचोटी मेरो मनको बह तिम्रो सामु पोख्न देउ म तिमीलाई सन्सार भरिको खुसी दिने प्रयत्न गर्नेछु ।

ईसापुर्व कालदेखी शुरु भएको तिमी र म जस्ता मायालुको महान चाडलाई आज उत्साह पुर्वक मनाउन म तिमीलाई विसौँ वर्ष देखी पर्खीरहेकी छु । मीलनको माला गाँसेर जिवन विताउन म आतुर छु । तिमी जहाँ भएपनि तिमै पर्खाईमा आजको दिन विताउने छु । पक्कै पनि तिमी मेरो छेउमा आएर मेरो मनको कुरा भन्ने अवशर पाउनेछु । मलाई आशा छ तिमीले मलाई बुझेको छौ । तिमी पनि आजकै दिनको प्रतिक्षामा छौ होला । तिमी संगै न्यानो अङगालोमा बाधिएर जिवनलाई सार्थक बनाउने मेरो धोको पुरा हुनेछ ।

प्रेम गर्नु गलत होइन तर, यसलाई बुझ्न नसक्नु भने कमजोरी हो । माया भन्ने चिज कसैले चाहेर हुने वा नचाहेर नहुने चिज होईन । माया आफै हुने चिज हो । प्रेम को संग कतिखेर हुन्छ थाहै हुदैन । भनिन्छ प्रेम अन्धो हुन्छ ,यसमा उमेरको कुनै लेखाजोखा हुदैन। साच्चै प्रेम एकआपसमा अपरिहार्य नै मानिन्छ माया र प्रेम बिनाको जिवन अधुरै हुन्छ प्रेमको परिभाषा व्यक्ति व्यक्तिविच फरक फरक तरिकाले परिभाषा गर्ने गरिन्छ । समग्रमा भन्ने हो भने माया दुईआत्मा विचको संगम हो । तिम्रो र मेरो माया पनि यस्तै हो । जहा सच्चा माया हुन्छ त्याहा सफल जिवन हुन्छ । तिमीले सच्चा माया गरेर मेरो जिवन सफल पार्ने छौ , मलाई विश्वास छ। अहिलेको समयमा सांचो माया गर्नेहरुको संख्या कमै देखिन्छ तर म तिमीलाई सांचो माया जुनिजुनि गर्नेछु ।

हाम्रो गाँउ शहरमा पनि हामीजस्तै युवापुस्ताका जोडिहरुले भव्यताका साथ मनाउदैछन् । आजको दिन कैयौ जोडीहरु विभिन्न पार्क,मन्दिर र महंगा रेष्टुरेण्डहरुमा माया प्रेम साट्दै होलान् । तिमीलाई मायाको प्रतिक रातो गुलाफको फूल संगै महंगा उपहारहरु दिएर एकआपसमा मायापिरती साट्न मनछ । अरुको जोडि देखेर कलाईपनि डाह लागेर आउछ । तिमीसँग जिवन विताउने मेरो रहर आजबाटै पुरा गरिदेउ ।

मायाको नाममा विभिन्न विकृतीहरु देखा पर्नथालेको छ । कतिको जिवन प्रेममा धोका खाएपछि अन्यनै हुनेगरेको छ त कैयौ व्यत्ति पागल हुनुपरेको छ । यो सब माया गर्न नजानेर हो या जानेर हो यस्ता कैयौ दुखदायि घटनाहरु हुनेगरेको छ । माया भित्री आत्मादेखिको चाहाना र प्रफुटित हुने भावना हो । तिमी साच्चै माया के हो ? र मायामा के हुनुपर्छ ? सबै बुझेर मलाई प्रेम गर । मेरो प्रेमको परिक्षा लेउ तिमी प्रेम जाँच्न जस्तोसुकै यन्त्रको प्रयोग गर त्यसमा म पास भएरै छोड्नेछु ।

मेरो मायाका अपार किरणहरुले तिमीलाई स्पर्श गर्नेछ अनि तिमीले मलाई स्पर्श गर्दै मेरो मायालाई स्विकार्नेछौ । प्रिय तिमी मेरो सामु आएर मेरो प्रेमलाई स्विकार गर । तिमीलाई भ्यालेनटाइन डे को धेरै धेरै शुभकामना ।

म उही तिम्रो सरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्