राम्रा-नराम्रा मानिस !

राम्रा-नराम्रा मानिस !

 

हुन त  विभिन्न विद्वानहरुले राम्रा-नराम्रा मानिसहरुका बारेमा आ-आफ्नै किसिमले भिन्न-भिन्न धारणा राखिसकेका छन ! विचारका दृष्टिले मानिस तिन तहका हुन्छन भन्नेविलियम -गोल्डिंग को भनाई पनि राम्रा-नराम्रा मानिस कै बारेमा हो जस्तो लाग्छ !मैले आफुले चाहिं याहाँ हेराइका दृष्टिले मानिसहरु कस्ता-कस्ता देखिन्छन भन्ने आफ्नै धारणालेख्दैछु ! हुन त यसरि पनि अरु नै कसैले पहिलेनै भनिसकेका पनि हुन सक्छन !

हेर्दै राम्रा मान्छे , हेर्दै नराम्रा मान्छे , हेर्दै गएपछि राम्रा देखिने मान्छे र हेर्दै गएपछि झन् नराम्रा देखिने मान्छे ,!

कुनै कुनै त सुरुमा राम्रा देखिने सुन्दर मान्छे पनि नियालेर हेर्दा ठ्याक्कै बादर जस्तै देखिने राम्रा कोटिका पनि नराम्रा मान्छे , यस्तै यस्तै धेरै प्रकारका मान्छे को बारेमा आफुलेअनुभव गरेका मान्छे हरुका बारेमा ठट्यौली पारामा लेख्ने कोशिश गर्दैछु है तपाईंहरुले कत्तिको बिचार गर्नुभएको छ  ? कुनै-कुनै मान्छे हेर्दै राम्रा हुन्छन र त्यस्ता मान्छे सधैं हेरिरहुँजस्ता राम्रा हुन्छन ! जत्ति हेरेपनि धित नै मर्दैन !अर्कोतिर त्यस्तै हेर्दै राम्रा लाग्ने मान्छे , हेर्दै गएपछि ठ्याक्कै बाँदर जस्तै देखिन्छन !सुरुमा त राम्रो/राम्री लाग्थ्यो/लाग्थी  तर अहिलेत ठ्याक्कै बाँदर/बाँदर्नी जस्तै लाग्छ /छे ! हामि मध्ये धेरैजसोले यसरि आफ्नो  बिचार पोखेका हुनसक्छौं !

अब, अर्को एक थरि मान्छे हेर्ने बित्तिक्कै नराम्रा लाग्छन र उनीहरुलाई जति हेर्यो उति नराम्रा नै लाग्छन !कहिल्यै मन पर्दैनन् ! कोहि-कोहि चाहिं तिनै हेर्ने बित्तिक्कै नाराम्रा लाग्नेमान्छे , हेर्दै गएपछि अलि-अलि राम्रा लाग्न थाल्छन ! बिस्तारै बिस्तारै तिनै मान्छेहरु त राम्रा पो देखिन थाल्छन !

म आफुले  आफैंलाई पनि बाहिर बाट हेर्दा /ऐना हेर्दा राम्रै देख्छु तर अलिक बढी समय दिएर आफ्नो अनुहार ऐनामा हेरेपछि महशुश गर्छु कि छ्या ! म पनि राम्रो छु र जस्तो लाग्छ !त्यहिपनि , कत्ति न राम्रो छु भनेर होला फोटा खिच्ने , फेस-बुकमा पोष्ट गर्ने , फ्रेम बनाएर कोठाका भित्तामा झुन्ड्याउने वा टेबल वा शोकेश मा राख्ने गर्छु ! कसैले बयान गर्यो भनेगजक्क परेर "थ्याङ्क्यु " भन्छु ! शायद यो ह्युमन न्याचर होला !

तर हामि जत्ति समयर पैसा  हाम्रो बाहिरि अवारण लाई  राम्रो देखाउन खर्चिन्छौँ , त्यो भन्दा धेरै कम समय/पैसा हाम्रो भावना लाई राम्रो बनाउन खर्चिएमा हामि के हुन्थ्यौं होला ,कस्ता हुन्थ्यौं होला ?

म अहिले यो लेख लेख्दा-लेख्दै पनि महशुश गरिरहेको छु ," म अलिक बढी आदर्शवादी पो हुदैछु कि ?" तर म संग-संगै ग्रिकका महान दार्शनिक शुकरात लाई पनि सम्झिरहेको छु र मभित्र  भएको पशुत्व लाई बिस्तारै बिस्तारै मार्दै , मानवता को बाटो तिर डोहोर्याउने कोशिश गर्दैछु !यसो गर्दा मैले धेरै पटक गालि पनि खाएको छु ! एकजना बेहुलो बन्ने केटाकी बहिनीलेम संग कुनै अमुक केटीको रुप बारे सोधिन, "सर ! हजुर ले त पढाएकी केटि रहिछे , कस्ती छे ?" मैले आफ्नो स्वाभाव अनुसार नै भनिदिएँ , " बडा ! सुन्दर छिन !"

पछि उनीहरुले केटि हेरेर फेरि मैंकहाँ आएर मलाई गालि गरे र भने , " सर  , हजुरलाई त हामीले आफन्त भनेर पो सोधेका , त्यस्ती मोटी केटि लाई पनि राम्री भन्दिने हो ?"

मैले शान्त भएर जवाफ दिएँ," खै ! म संग पढ्दा त सलक्क परेकी राम्री थिईन, अलि-अलि जिउमा मासु लाग्यो होला नि !" यसो भनेर मैले अष्ट-वक्र र्हिषी को कथा सुनाइदिएँ !

एकजना आफ्नै साथीले बिहे गर्ने बेलामा त्यसरी नै सोध्यो, " केटि कस्ती छे , तपाइंले त पढाउनु भएको छ ?"

मैले फेरि पनि आफ्नै स्वभाव अनुसार भनिदिएँ , " बडा सुन्दर छिन !" उसले भन्यो , " पातली दाउरि छे अरे त ?"

मैले भने," अंग्रेजीमा त्यस्तैलाई त स्लिम भन्छन नि !"

फेरि सोध्यो ," काली छे अरे , हैन नभन्नुस है ?"

"काली त दिलवाली हुन्छन नि !" मैले तुरुन्तै जवाफ दिएँ !  उसले फेरि सोध्यो ," धेरै बोल्छे अरे नि ?" मैले भने," एक्टिव, फरवार्ड अनि एडभान्स चाहिएको हैन र ?" त्यसपछि उ हाँस्यो!

मलाई थाहा थियो उनीहरुले बिहे गरे पछि म संग भएका सम्पूर्ण कुरा उनीहरु चाख मानि-मानि एक-अर्का लाइ सुनाउने छन ! केहि गरि मैले नराम्रो भनिदिएँ भने त उल्टै म आफु नैनराम्रो हुने ! त्यसैले शुकरातको फर्मुला ," नराम्रो बाट राम्रो तिर अग्रसर हुनु !"

यस्ता घटना त केवल प्रतिनिधि मुलक घटना मात्रै हुन् ! म आफु पनि बिस्तारै म भित्र गाडिएर रहेका नराम्रा छापहरु धोएर पखाल्ने काम गर्दै छु !  त्यसैले कसैले आहा कत्ति राम्रो भनेरसुन्दा , म आफु आफैं भित्र मुसुक्क हाँस्छु तर त्यस्तो हाँसो मा सन्तुष्टि भन्दा बढी व्यंग हुन्छ , म आफ्नै लागि पनि व्यंग हुन्छ !

अरु मानिसहरु पनि होलान तर मैलेचाहीं यिनै कुराहरु मात्रै महशुश गरेको छु ! तपाईंहरु चाहिं के भन्नु हुन्छ नि  ?

पुरु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्