पक्राउ परे सिके राउत

पक्राउ परे सिके राउत

राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएका अभियोगमा सिके राउत आज राजगढबाट पक्राउ परेका छन् ।

राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिए ।

राउतलाई नियन्त्रणमा लिने क्रममा उनका कार्यकर्ताले प्रहरीलाई ढुङ्गामुढा गर्दा इलाका प्रहरी कार्यालय राजगढका प्रमुख मनोजकुमार पौडेलसहित एक प्रहरी हवल्दार एक प्रहरी जवान घाइते भएका छन् ।

राउतलाई जिल्ला प्रहरी कार्यालय झापा लगिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी राउतका कार्यकर्ता बोक्ने मोरङको पथरीस्थित ऋण सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एम्बुलेन्ससहित छ कार्यकर्ता इलाका प्रहरी कार्यालय घैलाडुब्बले नियत्रणमा लिएको छ । नियन्त्रणमा लिएको एम्बुलेन्स र सबै कार्यकर्तालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्