दलितलाई यातना हैन, जागरणको खाचो छ – बिबेक लकान्द्री

दलितलाई यातना हैन, जागरणको खाचो छ – बिबेक लकान्द्री

नेपालमा लिच्छवी वंशको शासन काल देखि भारतीय महाद्धिपबाट जातीय प्रणाली प्रवेश भएको हो । कुनै जाति वा वर्ग वर्तमान अवस्था ऐतिहासिक पृष्ठभूमी अडेको हुन्छ । नेपालमा दलित समुदायमाथि राज्यले जातिय शोषण कहिलेदेखि गरेको हो भन्ने विषयमा इतिहासलाई हेर्दा मल्लकालबाट शोषण गरेको पाईन्छ ।
कानुनको हिसाबले हामी दलितलाई जातीय छुवाछुतजन्य व्यवहारलाई दण्डनीत घोÈित गरे पनि हालसम्म जातीय छुवाछुतको ¤ेद¤ाव कायमै रहेको छ यो वर्तमान परिपेक्ष्यमा , परम्परागत जातीय पेशा नगरेका कारण दलित समुदायका बहुसंख्यक मानिसहरु दिन – प्रतिदिन दण्डित हुनुपरिरहेको छ । समाजबाटै वहिष्कार हुनुपरिरहेको अवस्थाको सृजना ¤इरहेको छ । बलिरहेको दियो मुनिको अन्धकार भएर बस्नु परेकोछ यो दलित, किन ?

ंरक्षकको नाममा दलित समुदाय कथित उपल्ला जातिहरुबाट श्रममा शोषित छन् । शारिरीक र मानसिक यातानाको सिकार हुनु परिरहेको छ । अहिलेसम्म पनि जातियतामा आधारित पेशा अवलम्वन गर्न वाध्य छन् । अहिलेको परिवेशमा अन्तरजातिय विवाह गर्नेहरुको संख्या पनि बढ्दै गैरहेको अवस्थामा सोही कारणवाट दलितहरु दण्डित मात्र होइन समाजबाट निकाला हुन परेको पिडा खप्न वाध्य हुनु परिरहेको छ , यो के का लागि हो ?

यो समाज हिन्दु भित्र नै परे पनि हिन्दु धर्म र परम्पराको समान र स्वाच्छ अभ्यास गर्न पाइरहेको छैन । अहिले पनि विभिन्न पुजा , भेला , विवाह आदि जस्ता कार्य , समारोहमा दलितहरुलाई पूर्णतः रोकावट गरिन्छ । यो समुदाय अझै पनि यस्ता कुटनितिक विषय वस्तुको सिकार भइरहैको छ । खै ππ कहा“ छ न्याय ?
निर्जीब ढुङ्गा देउता भन्दै पुजेकाछन मान्छे हरु
न त मानब एउटै भन्ने बुझेकाछन मान्छे हरु
जस्को हात मा सिप थियो अछुत भन्दै धिर्णित भयो
बिना कारण अन्याएमा कुल्चेकाछन मान्छे हरु
मलाई अझै पनि याद छ , वि।सं। २०५० मा सिन्धुपाल्चोक सिपापोखरेमा ३ वर्षकी बालिका लक्ष्मी विश्वकर्मालाई कुवा छोएको निउँमा सोही कुवामा चोबलेर हत्या गरियो । वि।सं। २०६६ मा रूपन्देहीमा ९ बालिका मनिसा हरीजनलाई इट्टाभट्टामा गर्धन छिनाएर बली चढाइयो । वि।सं। २०६८ भदौ १३ गते दैलेखमा छोराले ठकुरीकी छोरी विवाह गरेको निहुँमा सेते दमाईलाई खुँडा र खुकुरीले रैथाने ठकुरीहरूले चोक्टाचोक्टा काटेर हत्या गरे । कास्कीको घाद्रुकका शिक्षक कर्ण नेपालीलाई कालोमोसो र पेटीकोट लगाइदिएर समग्र आमाहरू र पूरै दलित समुदायको जातीय स्वाभिमानको हत्या गरियो । बझाङ ,कोटदेवल गाविस(९ जिन्नाडाका आग्री ९दमाई० ले रोकाया र थापा परिवारको कुवाबाट पानी लिएको निहुँमा कुटपिट गरे । उनीहरूले दलितका दर्जनभन्दा बढी घर पनि भत्काइदिएका छन् । तनहुँ, घाँसीकुवा १ की किशोरी माया विकलाई गाग्री छोएको निहुँमा मरणासन्न हुने गरी कुटपिट गरियो । कालीकोटमा मनवीर सुनारलाई जातीयताकै आधारमा कुटेर हत्या गरियो । बलात्कारकी शिकार बाह्र वर्षिया दलित बालिकाले नानी जन्माइन् । दैलेखका एक दलितलाई राज्यको संरक्षण पाएका उच्च जातिले आफैं सर्वोच्च अदालत बनेर ‘देश निकाला’ गरे । बाजुरा ,काँडा गाविस(८ मा पसल सञ्चालन गर्दै आएका जयबागेश्वरी गाविस(२ का ओकेन्द्र सिंहले सोही ठाउँका स्थानीय १४ वर्षीय मनोज नेपाली भारी बोक्न नगएको भन्दै एक दलित बालकमाथि कुटपिट गरे । धनगढी नपा(१२ सिगाँउका ६६ वर्षीय थोले आग्रीलाई डुम भन्दै सोही ठाँउका ५० वर्षीय हर्क सिंहले जेठ ३० गते कुटपीट गरे । जेठ २५ गते ब्रह्मस्थानमा पूजा गर्ने विषयलाई लिएर पिपरिया दोस्तिया गाविसमा गैरदलित समुदायको दलितमाथि आक्रमण हुँदा डेढ दर्जन घाइते भए ,घर तोडफोड तथा कुटपिट गरे । असार ८ गते सिरहाको चन्द्र उदयपुर गाविस वाड नम्वर–४ रुमाले टोल डन्डा स्थीतका चार घर दलित परिवार लाई स्थानिय कथित उपल्लो वर्ग मगर समुदायले ईनारमा पानी नखा, ईनार छोईदिईस भन्दै सार्वजानिक ईनारको पानी खान वाट वन्चित गराए । सिपापोखरे गाविस(७ का धनबहादुर रोक्का, सोही ठाँउका चन्चली रोक्का र सोही गाविस(८ का अनिस मगरान्तीले भोटसिपा गाविस(७ स्थित श्री चन्डेश्वरी उमाविमा एसएलसी परिक्षा दिन आउँदा ०६९ चैत २ गते भोटसिपा गाविस(७ का र्इश्वरी आचार्यको घरमा बास बसेको बेला दलित भएका कारण बास बस्न पाएनन् । झापाको शनिश्चरेस्थित प्रहरी चौकीकी जवान छत्रा श्रेष्ठ र स्थानीय सगुन राईबीचको विवाद मिलाउन दुई दिनअघि त्यहाँ पुगेका एमाले नेतासमेत रहेका मोहन विक र श्याम ल्वागुनलाई इलाका प्रहरी बिर्तामोडबाट खटिआएका प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरे । लहान, वैशाख २३ (इनारको पानी छोएको भन्दै सिरहा, जमदह ९, मुसहर्नियाकी दलित महिलालाई तामाङ समुदायकी सासूबुहारी मिलेर कुटपिट गरेका छन् ।

यी र यस्ता दलित ,छुवाछुत र भेदभाव को नाममा घटेका घटना हजारौ छन् हाम्रोसमाजमा , धेरै समाजमा अन्धविश्वासको मुहानले दलितलाई अन्योलको भुमरीमा पारिरहेको छ । एउटा दलित व्यतिmले अर्को जातिले दूध र सोबाट बनेको परिकारहरु दियो भने वाच्छावाच्छी , गाई – भैसी ,बाखा्र–पाठा मर्छन रे π ,पानीको मुहान छुन दियो भने त्यहा“बाट सर्प आउ“छ , पानीको श्रोत सुक्छ र समाजको मानिसहरु अन्धो हुन्छन् , मन्दिर प्रवेश गर्न दियो भने दुर्घटनामा परी मरिन्छ रे ππ दलित सग“ बसेर चिया पियो भने विनासकारी वाढी आउ“छ रे ππ भन्ने परम्परागत रुढिवादी अन्धविश्वास अझै कायमै छ । खै π त मानवता ?

त्यसैले हामी नेपाली एकजुट हौ , यस्ता रुढिवादी अन्धविश्वासलाई जरैदेखी उखेलेर सि◊ो देशको सरंचना गरौ“ ।
दलितलाई यताना हैन ,जागरणको खाचो छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्