आइपिएलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धाहुँदै

आइपिएलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धाहुँदै

प्रबिन दाहाल काठमाण्डौ / इंडियन प्रिमियर लिग क्रिकेट आइपिएल क्रिकेटको दोस्रो खेलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज बेलुकी सवा ८ बजे चेन्नईमा हुनेछ । चेन्नई सुपरकिंग्स् आज महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रदै छ भने, दिल्ली डेयर डेभिल्स दक्षिण अफ्रिकाका जेपी डुमिनीको कप्तानीमा उत्रदैछ । चेन्नई सुपरकिंग्स् सन् २०१० र २०११ मा च्याम्पियन भैसकेको छ । दिल्ली डेयरडेभिल्सले टीम सुधारका लागि युवाराज सिंहलाई १६ करोड रुपैयाँमा खरिद गरेको थियो ।
आइपिएलको उद्घाटन खेलमा हिजो साबिक बिजेता कोलकाता नाइट राइडर्स ७ विकेटले विजयी भयो । गौतम गाम्भीरको कप्तानीमा मैदान उत्रिएको कोलकाताले मुम्बइ इंडियन्सलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्