आर्थिक अभावले १२ बर्षे बालकको अप्रेसन हुन सकेन

आर्थिक अभावले १२ बर्षे बालकको अप्रेसन हुन सकेन

 

उर्लाबारी÷ मधुमल्ला–८ पीपल डाँगीका एक बालकको आर्थिक अवस्था कमजोर भएका कारण अप्रेसन हुन सकेको छैन ।

मधुमल्ला–८ का कक्षा पाँचमा अध्ययरत निजन विकको आर्थिक अवस्था ज्यादै नाजुक भएको कारण अपरेशन हुन नसकेको हो । चार महिनाअघि काठमाण्डौंको गंगालाल अस्पतालमा देखाउँदा मुटुको भल्व र एउटा किड्नी फेल भएको भन्दै तीन महिनाको लागि औषधि दिएको थियो । डाक्टरले तीन महिना खाएपछि अप्रेसन गर्न सल्लाह दिएको भएपनि आर्थिक अभावले अपरेशन गर्न नसकेको पीडितकी सानी आमा पूजा विकले बताएकी छन् । निजन एक बर्षको उमेर हुँदा बुवा बितेको र त्यसको एक बर्षपछि आमा पनि पोइला गरेका कारण आफूले संरक्षण गर्दै आएको उनले जानकारी दिए ।

आर्थिक अभावको कारण अप्रेसन गर्न काठमाण्डौंस्थित गंगालाल अस्पतालमा लैजान नसकेको कारण उर्लाबारी–२ स्थित अरनिको हस्पिटलको बेडमा १२ बर्षे बालक निजन छट्पटाइरहेका छन् । निजनको अप्रेसनको निमित्त करिब पाँच लाख रुपैयाँ लाग्ने डाक्टरले बताएको परिवार स्रोतले जनाएको छ । बोल्न समेत नसक्ने अवस्थामा पुगेका निजन बुधबार अरनिको हस्पिटलमा पुग्दा बेडमा सुतिरहेका थिए । उनको अवस्था जटिल बन्दै गएको र तत्काल उपचारमा लैजान सल्लाह दिएको हस्पिटलका अध्यक्ष लोलिम पोमुले बताए ।

डाक्टरले जतिसक्दो चाँडो अपरेशनको लागि लैजानु भन्नुभएको छ– सानी आमा पूजाले भावुक हुँदै भनिन् –‘ परिवारको आर्थिक अवस्था कमजोर छ, म कसरी यत्रो पैसा कसरी जुटाउनु ।’ ‘हामी जस्ता गरिबले कहाँबाट यत्रो मोटो रकम पाउने र उपचार गर्ने’, आँसु चुहाउँदै उनले भनिन् । ऋण तथा सहयोगले हालसम्म उपचार गरेपनि अव कसरी अपरेशन गर्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।
उनले छोरालाई बचाउनको लागि सहयोग गर्न सबैलाई अपिल गरेकी छन् । उनले मलिन स्वरमा भनिन् –‘तपाईहरुको सानो सहयोगले मेरो छोराको ज्यान बाँच्छ, त्यसैले सहयोगको लागि विनम्र आग्रह गर्दछु ।’ यी बालकको उपचारको लागि सानी आमा पूजा विकलाई ९८१६०१२१५३ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ ।

तस्बिर सौजन्य बिबेक हिङमाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्