धम्की दिँदै फिरौती रकम माग गर्ने भारतीय पक्राउ

<span class='c1'>धम्की दिँदै फिरौती रकम</span> <span class='c2'>माग गर्ने भारतीय पक्राउ</span>

लामो समयदेखि विभिन्न व्यक्तिहरूलाई अपहरणको धम्की दिँदै फिरौती रकम माग गर्ने एक भारतीय नागरिकलाई प्रहरीले झापाको विर्तामोडबाट पक्राउ गरेको छ।
बिगत ५/६ महिना अगाडिदेखि नेपाल टेलिकम, एनसेल र भारतीय कम्पनीका समेत गरी विभिन्न मोबाइल नम्बरबाट फोन गरी धाक धम्की दिई फिरौती रकम माग गर्ने भारतीय नागरिक उदाङ भन्ने भाबि सिंह राजबंशीलाई विर्तामोड प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको साथबाट प्रहरीले ४ थान नेपाली सिम र एक थान भारतीय सिमसहित तीन थान मोबायल सेट बरामद गरेको छ।

राजबंशी बिगतमा लागु औषध मुद्दामा २ बर्ष कैद समेत भुक्तान गरी ५ महिना अगाडि थुनामुक्त भएका थिए । थुनामुक्त भएलगत्तै आर्थिक लाभ गर्ने उद्देश्यले उनले बिभिन्न व्यक्तिहरूलाई धाक धम्की दिँदै रकम माग्ने गरेको खुल्न आएकोले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्