इ-रिक्सा चालक महिलालाई सम्मान

इ-रिक्सा चालक महिलालाई सम्मान

झापाको दमक-११ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले इ-रिक्सा चालक चारजना महिलालाई सम्मान गरेको छ । संस्थाको चौथो बार्षिकोत्सवको अवसर पारेर आइतबार दमकका रिक्सा चालकहरु लखनपुर घर भई दमक-१२ बस्दै आएकी गंगादेवी राजवंशी, दमक -१० की सुनिता अछामी, दमक -१२ की कृष्णलक्ष्मी बल र दमक- १४ की उमा चौधरीलाई सम्मान गरिएको हो । उनीहरुलाई बर्षायाममा पानीबाट जोगिन उपयोगी रेनकोटसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डा. घनश्याम सुवेदी र अध्यक्ष सुवास रिजालले महिलाहरुले विभिन्न असहजताका बाबजुद पुरुषसरह सिटी सफारी रिक्सा चलाएर जिविकोपार्जन गर्नु उदाहरणीय काम भएको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्