उदयपुरका विद्यालयमा पाठ्यपुस्तकको अभाव

<span class='c1'>उदयपुरका विद्यालयमा</span> <span class='c2'>पाठ्यपुस्तकको अभाव</span>

नयाँ शैक्षिकसत्रको सुरुवातसँगै उदयपुर जिल्लामा विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको अभाव देखिन थालेको छ ।

गत वर्षको जस्तै यस वर्ष पनि शैक्षिकसत्र सुरु भइसकेपनि समयमै पाठ्यपुस्तक प्राप्त हुन नसक्ने स्थिति देखापरेपछि विद्यार्थी तथा अभिभावक चिन्तित बन्न थालेका छन् ।

विशेष गरेर निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नयाँ शैक्षिकसत्र सुरु हुनेबित्तिकै अहिले पुस्तकको खोजीमा जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी पसल पुग्न थालेका छन् ।

एक स्थानीय अभिभावक विष्णु कार्की भन्नुहुन्छ, “यस वर्षको शैक्षिकसत्रमा पनि उही पुरानै समस्या बल्झियो, विगतमा जस्तै यस पटक पनि पुस्तक किन्न जाँदा पुस्तक विक्रेताले पुस्तक आइपुग्न केही दिन लाग्ने बताउन थालेका छन् ।”

सबै विषयको पुस्तक प्राप्त हुन नसकेपछि केही अभिभावक भने पुस्तक पसलमा प्राप्त भएको एक–दुई विषयका पुस्तक भए पनि लिएर चित्त बुझाई फर्कने गरेका छन् ।

गाईघाटका केही पुस्तक पसलले केही विषयका पुस्तक बिक्रीका लागि राखेको भएपनि पूरै विषयका किताब अहिले नै प्राप्त हुन नसक्ने बताउँछन् ।

जिल्लाको सदरमुकाम गाईघाटमा दर्जनौँ पुस्तक पसल भए तापनि केही पुस्तक पसलले मात्र पुस्तक बिक्री गर्ने गरेका छन् ।

गाईघाट बजारका माझखर्क पुस्तक पसलका सञ्चालिका रेनुका राई भन्नुहुन्छ, “अहिले सबै विषयको पुस्तक उपलब्ध गराउन सक्ने अवस्था छैन, पुस्तक डिलरहरुले नै सबै पुस्तक उपलब्ध गराएका छैनन् ।”

उदयपुर जिल्लामा वैशाख ६ गतेदेखि निजी विद्यालयहरुमा पठनपाठन सुरु गर्ने निर्णय गरिएको निजी विद्यालयका सङ्गठन प्याप्सन उदयपुरका अध्यक्ष केन्द्रकुमार राउत बताउनुहुन्छ ।

जिल्लाका सरकारी तथा सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना अभियानसँगै वैशाखको पहिलो हप्तादेखि नै पठनपाठन सुरु गर्ने भएका छन् ।

कहिले सम्ममा पूरा पुस्तक उपलब्ध हुन्छ भन्ने प्रश्नको उत्तर दिँदै गाईघाटका पुस्तक विक्रेता तथा डिलरसमेत रहनुभएको न्यौपाने पुस्तक पसलका सञ्चालक कृष्ण न्यौपाने भन्नुभयो, “अहिले केही विषयका मात्र पुस्तक प्राप्त भएका छन्, सबै विषयका पुस्तक प्राप्त गर्न कम्तीमा अझै एक महिना लाग्नसक्ने देखिन्छ ।”

- See more at: http://purbelinews.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%95%e0%a5%8b-%e0%a4%96%e0%a4%ac%e0%a4%b0/%e0%a4%89%e0%a4%a6%e0%a4%af%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%a0%e0%a5%8d/#sthash.8xWbcSVC.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्