झापासँग मनाङ स्तब्ध : शीर्षस्थानमा झापा ११

झापासँग मनाङ स्तब्ध : शीर्षस्थानमा झापा ११

 

प्रदीप परियार

बिर्तामोड । ८० मिनेटसम्म गोलरहित प्रदर्शन गरेको झापा ११ र मनाङ मस्र्याङदी ८१औं मिनेटमा झापाका लागि महत्वपूर्ण अवसर बन्यो । ८१औं मिनेटमा झापा ११ का तर्फबाट जर्सी नं. ९ का गणेश खड्काले गोल गर्दै झापा ११ लाई शीर्षस्थानमा उकाले । घरेलु मैदानमा चमत्कार देखाइरहेको झापा ११ का लागि गोलकर्ता नै जादुगर बने । उनी घरेलु मैदानमा पहिलोपटक प्रदर्शनमा उत्रिएका थिए ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा झापा ११ का लागि मनाङ त्यति सजिलो नभए पनि पहिलो हाफ सुरक्षित खेलेको मनाङका लागि दोस्रो हाफले साथ दिएन । झापाको तर्फबाट सुरुआतबाटै कर्ण लिम्बू, गणेश खड्का, विशाल राईले दवाबपूर्ण खेले पनि मनाङले झापालाई पहिलो हाफ कष्टकर नै बनाएको थियो । मनाङका लागि झापा पनि सहज नभएकाले निराश बनेका मनाङका खेलाडी अन्ततः ८१औं मिनेटमा झापासँग झुक्यो । ८० मिनेटसम्म अत्यन्तै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका दुवै टिमले बराबरी अंक बाँड्ने सम्भावना बढ्दै गएको थियो ।
मनाङका तर्फबाट दर्जनौं उत्कृष्ट प्रहार भएपनि गोलरक्षक भन्दा बल बाहिरै भाग्यो । लगातार विजयी हात पार्दै आएको झापा ११ सँगको आत्मविश्वास नै मनाङका लागि घातक भयो । घरेलु मैदानमा आफ्नै समर्थक पाएको झापा ११ ले पनि उत्कृष्ट प्रहार नगरेको होइन । तर, गोलमा परिणत हुन नसकेका दर्जनौं प्रहार झापाका लागि पनि अंक बाँड्नुको विकल्प थिएन ।
होम एण्ड अवे रेडबुल राष्ट्रिय लिग अन्तर्गत आइतबार भएको खेल झापाका लागि दोस्रो खेल हो । पहिलो खेलमा थ्रीस्टार र झापा ११ ले बराबरी अंक बाँडेका थिए । नामै काफी भएको थ्रीस्टारलाई खेल समय अवधिभर रोकेको झापा ११ ले मनाङलाई ८०औं मिनेटसम्म हम्मेहम्मे बनायो । मनाङका तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मानिएका अनिल गुरुङ, विशाल राई, अफ्रिकन खेलाडीको पनि प्रदर्शन सोचेजस्तो भएन । खेलको अन्तिममा आक्रामक बनेको मनाङका लागि थप ५ मिनेट समय पनि गुम्यो । झापाको तर्फबाट पर्याप्त पोष्ट एट्याम्प भए पनि गोल भएनन् । घरेलु मैदानमा दोस्रोपटक प्रदर्शन गरेको झापाले पहिलोपटक आफ्नै मैदानमा गणेश खड्कालाई भित्र्याएको थियो । गणेश खड्का नै आइतबार मनाङका लागि मुख्य चुनौती बने ।
सुरुआतदेखि मनाङले पहेँलो कार्डको निराश मोलेको थियो । पहेँलो कार्डबाट बचेर आक्रामक खेल प्रस्तुत गर्ने सोच बनाएको मनाङ अब दोस्रो स्थानमा पुगेको छ । झापा ११ सामु १–० ले पराजित भएको मनाङ रेडबुल राष्ट्रिय लिग उचाल्ने दाउमा छ । झापा ११ लिग उचाल्ने लक्ष्य मात्र बनाएको झापाका वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामा बताउँछन् । मनाङका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीहरुले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए । उनले झापालाई कमजोर नठानेको जानकारी दिए ।
यसअघि झापाले सुदूरपश्चिमको धनगढीमा जगदम्बा लुम्बिनीलाई भारी गोल अन्तरले हराउँदै पहिलोपटक शीर्षस्थानमा पुगेको थियो । दोस्रोपटक मनाङ शीर्षस्थानमा पुगेपनि झापाले मनाङलाई पुनः दोस्रो स्थानमा पुर्याएको छ । झापा ११ का लागि थ्रीस्टार र मनाङ मात्र प्रतिस्पर्धी मानिन्छन् । मनाङलाई हराउँदै ३ अंक जोडेर १३ अंक प्राप्त गरेको झापा वैशाख ९ गते सशस्त्रसँग भिड्दैछ । लिगको पहिलो खेलमा झापा आर्मीसँग पराजित भएको थियो ।
आफ्नै मैदानमा थ्रीस्टारलाई रोक्न सफल भएको झापाले जगदम्बा लुम्बिनी, पुलिसलाई पराजित गरिसकेको छ । दसौं हजार झापाली खेलप्रेमीको सहभागिता भएको डोमालाल रंगशाला झापा ११ का लागि पनि प्रेरणाको स्रोत बनेको खेलाडीहरुको भनाइ छ । उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै झापा ११ लाई श्याम प्रसाईंले ५५०० नगद प्रेरणाका लागि सहयोग गरेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्