आदर्शका प्रधानाध्यापक अख्तियारको छानबीनमा

आदर्शका प्रधानाध्यापक अख्तियारको छानबीनमा

 

बिर्तामोड । भmापाको शान्तिनगर–८ मा रहेको शान्ति आर्दश उच्च माविका प्रधानाध्यापक बासु बरालले बिगत लामो समयदेखि बिद्यायलमा गरेको भ्रष्टाचार, अनियमितताको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
प्रधानध्यापक बरालले बिद्यालयमा बिगत लामो समयदेखि आप्mनो हाकिमपना देखाउँदै लाखौं रकम अपचलन गरेको बिषय अख्तियारमा उजुरी परेपछि त्यसको सुक्ष्म छानबिन सुरु गरिएको हो । २०६८ साल चैत्रदेखि बिद्यालयमा प्रधानाध्यापक भएर आएदेखि अहिलेसम्म विभिन्न बहानामा भ्रष्टाचार र अनियमितता गरेपछि उनीमाथि अख्तियारले अनुसन्धान प्रारम्भ गरेको अख्तियार स्रोतले जनाएको छ ।
प्रधानध्यापक बरालले बिद्यालय भवन निर्माण, बिद्यालय परिसरभित्र रहेको बहुमूल्य रुख कटान गरी आफूखुसी बिक्रीबितरण गरेर लाखौँ रकमको हिनामिना गरेको स्रोत बताउँछ । सुटुक्क बिद्यालय परिसरभित्र रहेको सार्वजनिक सम्पत्तिको दोहन गर्न खोजेको बिषय बाहिर आएपछि बरालले पछि पहिलेकै मितिमा निर्णय गरेको भन्दै माइन्यूटिङ गराएको फेला परेको छ ।
बिद्यालयमा बरालले आफू प्रधानध्यापक भएर आएदेखि अहिलेसम्म एकपटक पनि अभिभावक भेला नगराई आप्mनो एकलौटी निर्णय गर्दै बिद्यालय सञ्चालन गर्ने गरेका छन् । बिद्यालयमा भ्रष्टाचार गरेको बिषयमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक अनुसन्धानबाट पनि आर्थिक अपचलन र चलखेल गरेको देखिएको अख्तियार श्रोतले बताएको छ ।
बरालले बिद्यालयमा ल्याइने विभिन्न भौतिक तथा स्टेशनरी सामाग्री लगायतका समानहरुको खरिदमा अत्याधिक बिल बनाई ठूलो आर्थिक अपचलन गरेको बताइएको छ । बिद्यालयमा कहिलेकार्हीँ मात्र उपस्थित हुने बराल बिद्यालयको आर्थिक उन्नति, शैक्षिक गुणस्तर लगायतका बिषयमा चासो नदेखाउने गरेको अभिभावकहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्