आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्ने

आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्ने

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्नेछन् ।

यसअघि हिजो भएको खेलमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । सुरुवाति चार खेल गुमाएको मुम्बईले गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८ रनले पराजित गरेको हो ।

चिन्ना स्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनायो ।

उसका लागि ओपनर लेन्डल सिमन्सले ५९ रन बनाए भने उन्मुक्त चन्दले ५८ रन जोडे । रोहित शर्माले ४२ रन जोडे । बैंग्लोरका डेभिड वाइजले ४ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो । उसका लागि डेभिड वाइजले अविजित ४७ रन जोडे भने एबी डिभिलियर्सले ४१ रन बनाए । मुम्बईका हरभजन सिंहले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्