इरान लाई ३–२ ले पराजित गर्दै नेपाल विजयी

इरान लाई ३–२ ले पराजित गर्दै नेपाल विजयी

आजदेखि काठमाडौंमा सुरु भएको १४ वर्ष मुनिको एएफसी क्षेत्रीय महिला फुटबल प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा इरानको १४ वर्ष मुनिको टोलीलाई ३–२ ले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा खेलको २६ औं मिनेटमा सरु लिम्बु तथा ३२ औं र ४६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

आगमी २५ अप्रिल सम्म सञ्चालन हुने प्रतियोगिताको समुह ए मा आयोजक नेपालले इरान, माल्दिभ्स र श्रीलंकाको सामना गर्नेछ । समुह बी मा बंगलादेश, भुटान र भारत रहेका छन् । खेल राउण्डरोविनका आधारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्