क्रिकेट खेल्ने क्रममा खेलाडी अंकितकेसरीको निधन

क्रिकेट खेल्ने क्रममा खेलाडी अंकितकेसरीको निधन

क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएकोछ । मैदानमाढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकितकेसरीको उपचारका क्रममा ज्यान गएको हो । शुक्रबार नै भवानीपुर क्लबको विरुद्धको खेलमा अंकित क्याच गर्ने कोशिस गर्दै गर्दा अर्का खेलाडी सौरभ मंडलसँग ठोक्किएका थिए। साथीसँग ठोक्किएका अंकितको स्वास्थ्य अवस्था नाजुक भएपछि उनी
व्यहोश भएर मैदानमा नै ढलेका थिए। व्यहोस भएका अंकितलाई तुरुन्तै अस्पताल गलिएपनि उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यसअघिअस्ट्रेलियाका २५ वर्षीय फिलिपह्युजको सिडनी क्रिकेट ग्राउन्डमा बलले लागेर मृत्‍यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्