धोनी भन्दा गम्भिर सफल कप्तान

धोनी भन्दा गम्भिर सफल कप्तान

महेन्द्रसिंह धोनीलाई पछि पार्दै कोलकत्ता नाइट राइडर्सका कप्तान गौतम गम्भीर आइपिएल क्रिकेटको सबैभन्दा सफल कप्तान बनेका छन् । हिजो दिल्लीलाई पराजित गरेपछि गम्भीर ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विनिङ पर्सेन्ट सबैभन्दा बढी हुने कप्तानको सूचिमा पहिलो स्थानमा उक्लिएका छन् । गम्भीरले कप्तानी गरेका ट्वेन्टी ट्वेन्टी क्रिकेटमा ६१ दशमलव ०१ प्रतिशत खेल जितेका छन् जुन अरु कुनै भारतीय ट्वेन्टी ट्वेन्टी कप्तानको भन्दा बढी हो ।
गम्भीरको कप्तानिमा कोलकत्ता नाइट राइडर्स दुई पटक आइपिएलको च्याम्पियन बनिसकेको छ । अघिल्लो संस्करणमा कोलकत्तालाई आइपिएलको उपाधि दिलाएका गम्भीर यो सिजनमा पनि उत्कृष्ट फर्ममा छन् । गम्भीरले यस सिजनको आइपिएलमा तीन अर्धसतक सहित १ सय ८६ रन बनाइसकेका छन् । त्यस्तै उनले आइपिएलमा खेलेका १ सय ८ खेलमा २६ अर्धसतक बनाएका छन् । जुन आइपिएल क्रिकेटमा कुनैपनि ब्याट्सम्यानले बनाएको सबैभन्दा बढी अर्धसतक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्