एकै पटक तीनवटा शिशु जन्मिए धरानमा

एकै पटक तीनवटा शिशु जन्मिए धरानमा

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले तीनवटा शिशु जन्माएकी छन् । वीपी प्रतिष्ठान धरानमा प्रसूति गराउन आएकी इलामको साँखेजुङकी ३६ वर्षीया भीमकुमारी तुम्वाम्फेले मंगलबार बेलुका तीन शिशुलाई जन्म दिएकी हुन् । प्रतिष्ठानका प्रसूति विभागका चिकित्सक डा. अजय अग्रवालको टिमले भीमकुमारीको शल्यक्रिया गरेको थियो । आमा तथा बच्चाको स्वास्थ्य अवस्था सामान्य नै रहेको चिकित्सकहरूले बताएका छन् । प्रतिष्ठानका प्रसूति विभागका चिकित्सक मोहनचन्द्र रेग्मीका अनुसार यस्तो घटना निकै दुर्लभ हुने गर्दछ । यसअघि प्रतिष्ठानमै प्रसूति गराउन भर्ना भएकी एक महिलाले चार शिशुलाई जन्म दिएका थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्