नेपालले श्रीलंकालाई ७-० ले हरायो

नेपालले श्रीलंकालाई ७-० ले हरायो

साबिककाे बिजेता नेपाल जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले समुहकाे अाफ्नाे अन्तिम खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हासिल गर्‍यो ।

दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जिताउने क्रममा रेखा पौडेल, सरु लिम्बु र मनिषा राउतले समान २–२ तथा रज्जु खड्का र निशा थोकरले १–१ गोल गरिन् ।

नेपालले यस अघि इरान  र माल्दिभ्सलाई हराएको थियाे । अब सेमिफाइनलमा नेपालले अर्को समूहको उपविजेता भारतसँग खेल्नेछ । त्यस्तै, अर्को सेमिफाइनलमा इरान र बंगलादेश भिड्ने छन् ।

नेपालको समूहबाट इरान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलहरु शुक्रबार दशरथ रंगशालामा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्