आज दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डीयन्स भिड्ने

आज दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डीयन्स भिड्ने

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डीयन्स भिड्ने छन ।
यसअघि
गयराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनायो ।
उसका लागि सुरेश रैनाले मात्र ३२ बलमा ६२ रन बनाए भने ड्वेन स्मिथले ३९ र फाफ डुप्लेसिसले ३३ रनको योगदान दिए । बैंग्लेरका युजबेन्द्र चाहलले ३ विकेट लिए भने इकबाल अब्दुल्लाहले २ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र जोड्न सक्यो । उसका लागि कप्तान विराट कोहलीले ५१ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । एबी डिभिलियर्स १४ रनमै आउट भए ।
बैंग्लोरसलाई सस्तैमा समेट्ने क्रममा आशिष नेहराले ४ ओभरमा १० रन खर्चिएर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्