दमकबाट कौडासहित तीन जुवाडे पक्राउ

<span class='c1'>दमकबाट कौडासहित तीन</span> <span class='c2'>जुवाडे पक्राउ</span>

जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू झापा बिर्तामोड ४ का ५० बर्षिय तेजबहादुर बर्देवा, दमक १३ का बस्ने ३२ बर्षिय गणेश केसी र दमक ५का ३१ बर्षिय गुमानसिंह मगर हुन्।
आज अपरान्ह साढे ५ बजेतिर दमक ११ स्थित पुरानो सव्जी बजारस्थित एक निर्माणाधीन घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरीको टोलीले पक्राउ गरेको हो।
पुरानो सब्जी बजारस्थित पबन अग्रवालको निर्माणाधीन घरको दोश्रो तलामा जुवा खेलिरहेको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले ती तीनजना जुवाडेलाई पक्राउ गर्नुका साथै उनीहरूको साथमा रहेको एक सेट (१६ वटा) कौडा, नगद ९ हजार ७० रूपैयाँ र कार्पेट बरामद गरेको थियो।

जुवा खेल्दै गरेका अन्य केही व्यक्तिहरु झ्यालबाट हामफालेर भाग्न सफल भएकोले उनीहरूको खोजीकार्य तिब्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्