उपाधिका लागि आज बङ्गलादेश र नेपाल भिड्दै

उपाधिका लागि आज बङ्गलादेश र नेपाल भिड्दै

बैशाख १२ , काठमाडौँ  । एएफसी अन्डर १४ महिला क्षेत्रीय प्रतियोगिताको उपाधिका लागि आज बङ्गलादेश र नेपाल भिड्दै छ । बङ्गलादेशले इरानलाई २–० ले हराएको थियो ।

यसअघि नेपालकी निर्मला उपाध्यायले ४४ औँ मिनेटमा निर्णायक गोल गरेपछि चिरपरिचत प्रतिद्वन्द्वी भारतलाई पाखा लगाएर नेपाल फाइनलमा पुगेको थियो । दशरथ रङ्गशालामा भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशकी कप्तान कृष्णा रानीले पहिलो हाफको २९औँ मिनेटमा अग्रता दिलाइन् भने मार्जियाले ६२औँ मिनेटमा गोल थपेपछि फाइनल यात्रा सहज भयो ।

प्रतियोगिताको उपाधि भिडन्तका लागि फाइनल खेल अाज दशरथ रङ्गशालामा दिउँसो ४ बजे नेपाल र बङ्गलादेशवीच हुनेछ । त्यस्तै अपराह्न १ बजे भारत र इरान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्