क्यान्सर रोगले पिडित युबाको उपचारका लागी जुटाएको रकम लुटेराले लुटे पछि

क्यान्सर रोगले पिडित युबाको उपचारका लागी जुटाएको रकम लुटेराले लुटे पछि

तेह्रथुम जिल्लाका क्यान्सर रोगले पिडित एक युबालाई उपचारका लागी जुटाएको रकम लुटेराले लुटे पछि बिचल्लीमा परेका छन ।
म्याङलुङ नगरपालिका ६ नागदहका कबिराज हेन्जाङलाई गत चैत्र २३ गते लिम्बुवानको बन्दको बेला दमकबाट हिँडेर आँउदै गर्दा रतुवा खोलामा १० ,११ जनाको समुह रहेको लुटेराले कबिराजले आफ्नो उपचारको लागी घरमा रहेको भैसि र बाख्रा बेचेको र बिभिन्न संघ संस्थाबाट संकलन गरेको १ लाख ६५ हजार नगद मेरो र साथीहरु सँग रहेको ३ वटा मोबाईल लुटेराहरुले लुटे पछि अहिले बिचल्लीमा परेका हुन । उहाँ भन्नु हुन्छ म सँगै मेरा दुई जना साथीहरु सँग बाटोमा आँउदै गर्दा अचानक ११, १२ जनाको लुटेराको समुह निस्केर मेरा साथीहरुलाई मार पिटे र मलाई पनि मर्नु मन छ भनेर छुरीले हान्न खोजेर र म सँग भएको पैसा पनि लुटेर लगे धन्न मार्न चाहीँ मारेनन् ६ महिना अगाडी उनको दाहिने हातमा मुसा निस्केको थियो । त्यहि मुसाले ठुलो रुप लिए पछि क्यान्सर भएको थियो । उनले उपचारका लागी धरान स्थीत घोपा क्याम नोबेल अस्पताल र भारतको बालटुक्रा लगायतको अस्पतालमा अपचार गर्दै आएका थिए । आँखामा आँशु झार्दै कबिराजले भने म जिबन देखि हारेर एक पटक मर्न भनि तमोरमा गएँ तर मेरी प्यारी जिबन सँगीनीलाई भुल्न सकिन उनलाई देबिलाई साँची राखेर जिबन भरी माया गर्ने कसम खाएर ल्याएको हँु बिचरी कसैलाई मागेर खान नजानेकी म मरे पछि के गरि खान्छीन् र मेरो छोरालाइको पनि याद आयो । कबिराजको साथमा उनका एक जना साथी सँग अहिले घर डुलेर सहयोगको हात मागी रहनु भएको छ । यसरी सहयोग मार्दै हिड्दा कति जनाले गालि गलौज सहनु पर्याे त कुनै ठाँउमा बास सम्म नदिएको दुखेसो पोखाउनु भयो । उनले भेटे जति सबैलाई जिबन बचाउनको लागी गुहार मागी रहेका छन । ४२ बर्षिया कबिराजको ४ जनाको परिवार रहेको छ भने छोरीको बिबाह गरी सकेको बताउनु हुन्छ । उहाँ आफ्नो रोगको उपचारको लागी सहयोग गरी जिबनलाई बचाउन आग्रह गर्नु भएको छ । पहिले पनि बिभिन्न संघ संस्थाले सहयोग गरेका थिए तर लुटेराले लुटेर यो हालत बनाएका छन । मेरो उपचारकको लागी जम्मा गरेको पैसा लुट्नेको पनि कहिल्यै भलो हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्