नेपाल र स्कटल्याण्डको खेल सार्न आग्रह

नेपाल र स्कटल्याण्डको खेल सार्न आग्रह

स्कटल्याण्डसँगको खेल  नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल केही पछि सार्न आग्रह गरेको छ । भूकम्पपछि नेपाली क्रिकेटरहरुको तयारी समेत प्रभावित भएपछि स्कटल्याण्डसँगको खेल पछि सार्न अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई आग्रह गरेको हो ।

गत शनिबार गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले कीर्तिपुरस्थित इन्डोर हलमा क्षति पुगेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्याण्डको खेल जुन १० र १२ का लागि तय भएको छ । यसलाई जुन अन्त्यतिर सार्न आईसीसी र स्कटल्याण्डलाई आग्रह गरिएको क्यान स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्