जेसिजले बाँड्यो दलितलाई राहत

जेसिजले बाँड्यो दलितलाई राहत

उर्लाबारी । उर्लाबारी जेसीजले काभ्रेका भूकम्पबाट विस्थापित बनेका डेढ सय परिवारलाई त्रिपालसहित खाद्यान्य वितरण गरेर आज फर्किएको छ ।
काभ्रे जिल्लाको रवीओपी–६, ७ र ८ का दलित बस्तीमा त्रिपालसहित खाद्यान्य वितरण गरिएको उर्लाबारी जेसीजका सन् २०१५ का अध्यक्ष बिनोद न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष बिनोद न्यौपानेसहित पूर्वअध्यक्ष तारामान सेरेङ, गणेश खत्री, मिलन गौतम, टंक काफ्ले, सीताराम ओझा, यादव भण्डारी र घनश्याम भण्डारीको टोली पुगेर त्रिपालसहितका खाद्यान्य वितरण गरेका हुन् । भूकम्पले पीडित बनेका काभ्रेको रवीओपी गाविसमा बिस्तापित भएकाहरुलाई त्रिपाल र खाद्यान्य वितरण गरिएको पूर्व अध्यक्ष तामामान सेरेङले बताउनुभयो । जेसीजमा आवद्ध भएकाहरुसँग उर्लाबारी जेसिजले रकम संकलन गरेको र त्यसबाट त्रिपालसहितका खाद्यान्य खरिद गरि वितरण गरिएको हो । काभ्रेको दुर्गम गाबिस रवीओपीमा १ हजार १ सय घरधुरीमध्ये एक हजारभन्दा बढि घर भूकम्पको कारण पूर्ण रुपमा क्षति पुगेको गाबिसका पूर्वअध्यक्ष उद्धबप्रसाद चौलागाईले बताउनुभयो । जेसीजले राहत वितरण गरेरपछि धन्यावाद ब्यक्त गर्दै प्रभावकारी रुपमा राहत वितरणको खाँचो रहेको उहाँले औलाउनुभयो ।

-Urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्