गुद्रिमा अनुगमन गरि रंग हालिएको परबल जफत: आवर विराटनगरको प्रभाव [फोटो फिचर]

गुद्रिमा अनुगमन गरि रंग हालिएको परबल जफत:  आवर विराटनगरको प्रभाव [फोटो फिचर]

रंग हालिएको परबल बेचेको समाचार आवर विराटनगर डट नेटमा समाचार सम्प्रेसन गरेपछि विराटनगर उपमहानगरपालिकाको टोलिले आवर विराटनगरसँग मिलेर विराटनगरको गुदरी बजारमा अनुगमन गरेको छ । अनुगमनको क्रममा गुदरीको ध्यानी सब्जि पसलमा ३ बोरा रंग हालिएको परबल भेटिएको छ । अनुगमनको क्रममा ध्यानी सब्जि पसलका साहु ध्यानदाश पासवान उपस्थित थिएनन् । अनुगमनको बेला पसलमा कुनै पनि कागजपत्र राखिएको भेटिएन ।
अनुगमन पछि परबल जफत गरि २४ घण्टा भित्र आवश्यक कागजपत्र सहित उपस्थित हुने पत्र काटीएको नगरपालिकाका खाद्य प्राविधिक धिरज राईले बताउनु भयो । उहाँले आवर विराटनगरलाई सूचना सम्प्रेषणका लागि धन्यवाद दिदै यसरी जफत गरिएको परबल नष्ट गरिने जनाउनु भयो । साथै नगरपालिकाको सामुदायिक विकास शाखाका प्रमुख हिरालाल यादवले अनुगमन नियमित राखिने बताउनु भयो ।

20150503_155150
20150503_155149
20150503_154907
20150503_154802
20150503_154616
20150503_154437
20150503_154358
20150503_154138
20150503_154104
20150503_154025
20150503_154006
20150503_153950
20150503_153939
20150503_153928
20150503_153857
20150503_153817
20150503_153809
20150503_153727
20150503_153717
20150503_153716
20150503_153649
20150503_153641

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्