“पैसा नदिएकाले उपचार नभए जस्तो लाग्छ”

“पैसा नदिएकाले उपचार नभए जस्तो लाग्छ”

काठमाडौं कलंकीबाट रेपिड रेस्पोन्स टिममा रेखा भण्डारी(9813809318)ले फोन गरेर गत १२ गते शनिवार गएको भुईचाँलोमा परि कम्मर र खुट्टा भाँचिएर उनकि दिदि यसोदा भण्डारी र खुट्टा भाँचिएर यसोदा भण्डारीको १६ महिनाकि छोरीलाई सहिद मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । १६ महिनाकि बालिकाको भर्ना भएको ८ दिन पछि हिजो
भर्खर खुट्टा प्लास्टर गरिएको र यसोदा भण्डारीको भने थप उपचार नगरि सामान्य प्राथमिक उपचार मात्र गरिराखेको छ । "अस्पतालले सिधै उपचार खर्च मागेको त छैन तर उनीहरुको व्यवहार पैसा नदिएर उपचार नभए जस्तो गरिरहेकाछन्' रेखाले फोनमा बताउनु भयो । सरकारले भुकम्प पिडितहरुको लागि निशुल्क उपचार सेवा घोषणा गरेपछि अस्पतालको व्यवहार क्रुर देखिने खबर आउँनु दुख पुर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्