पत्रकार श्यामकृष्ण दाहालको उपचारका लागि मलेसियाबाट सहयोग

<span class='c1'>पत्रकार श्यामकृष्ण दाहालको उपचारका</span> <span class='c2'>लागि मलेसियाबाट  सहयोग</span>

मृगौला रोगबाट पीडित बनेका भोजपुरका पत्रकार श्यामकृष्ण दाहालको उपचारका लागि मलेसियामा क्रियाशील नेपाली पत्रकारहरुले रकम संकलन गरेर पठाएका छन् । मलेसियामा संकलन भएको एक हजार ५ सय १ रिङ्गेट नेपाली ४२ हजार ५ सय ५३ रुपैयाँ उपचारत पत्रकार दाहालको बैंक खातामा पठाइएको ‘पत्रकार श्यामकृष्ण दाहालबचाऊ’अभियान मलेसियाका संयोजक भुमिराज पराजुलीले बताए ।मलेसियामा रहेका क्रियाशील नेपाली पत्रकारहरुले दाहालको उपचारका लागि यहाँका नेपाली संघसंस्था,मजदुर र पत्रकारसँग सहयोग रकम संकलन गरेको समिति सदस्यपत्रकार अर्जुन काफ्ले बताए। काफ्लेले भने,’आर्थिक अभावकै कारण पत्रकार दाहालले ज्यान गुमाउन नपरोस् भनेर मलेसियाका नेपाली पत्रकारले उनको उपचारका लागि सहयोग संकलन गरेको हो।’ दाहाल बचाऊ अभियान मलेसियाले विज्ञप्ति जारी गरी सहयोग रकम प्रदानगर्ने सबैमा धन्यवाद ज्ञापन गरेको मलेसियाबाट पत्रकार प्रदिप राईले जानकारी दिए। उनका दुवै मृगौला फेर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्