टहरा उद्घाटन साथै श्रद्धानजली अर्पण

टहरा उद्घाटन साथै श्रद्धानजली अर्पण

विजय धिमाल
उर्लावारी
मोरङको राजघाट आम्वारी स्थित आम्वारी वजार व्यवस्थापन समितिले अठकोठे पक्कि टहरा उद्घाटन साथै भुकम्पमा परि ज्यान गुमाएका नेपालीहरु प्रति श्रद्धानजली अर्पण गरेको छ ।
राजघाट गाविस बाट तिस हजार र स्थानिय समाजसेवि तथा बुद्धीजिवि व्यक्तिहरु बाट एक लाख बिस हजा रकम संकलन गरि जम्मा एकलाख पचास हजार बराबरको आठकोठे पक्कि टहरा निर्माण गरिएको हो । टहरा दुई महिना अघिनै निर्माण कार्य सम्पन्न गरिएता पनि केहि समस्याका कारण उद्घाटन नभएको अवस्था थियो । टहरा अद्घाटनकै क्रममा आर्थिक तथा भौतिक सहयोग गर्नुहुने लिला प्रसाद सेन्दाङ, वीर बाहादुर लिम्बु, पुर्णिमाया काम्बाङ, मोहन कुमार चापागाई, कुरुराज आङबुहाङ, वालकुमारी काम्बाङ याक्सो आफ्नो सासु÷ससुराको स्मृतिमा, भिम प्याङगो, टंक श्रेष्ठ, सम्शेर ख्वाँ लिम्बु, जंग बाहादुर कार्की, आइम सप्लायर्स उर्लाबारी, हरी खेवाङ, चौकिलाल धिमाल, जगत बा. काम्बाङ, निर्मला काम्बाङ पालुङवा, प्रेम काम्बाङ, सुर्य धिमाल, सागर थलङ, लोकनाथ आचार्य, कुल बहादुर काम्बाङ (खन्तरे), जम्मा २४ जना व्यक्तिहरु र भद्र धिमाल, बुद्धिराज लिम्बु, गन बा. नेयोङ, धिमाल माइला, भक्त काम्बाङ जम्मा ५ जना मिस्त्रिहरुलाई बजार व्यवस्थापन समितिले सम्मम समेत गरेका थिए । आफ्नो गाँउ आर्फ बनाउ भन्ने उद्देश्यका साथ आफु रहुन्जेल आफ्नो ठाउलाई सफा र व्यवस्थित पार्ने ठम्याई रहेको आम्वारी बजार व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर काम्बाङले बताए । पार्टी आफ्नो ठाउमा छ सामाजिक काम आफ्नो ठाउमा छ जुनै पार्टीमा रहेपनि आफ्नो ठाँउ र गाँउको लागि अघिबढौँ र बढ्नुपर्ने समेत कार्यक्रममा अध्यक्ष लिम्बुको भनाई थियो । आम्वारी बजार उनन्चालिस वर्ष अघि यति भयङकार थियो एक्लै बजार घुम्दा हराइन्छकी भन्ने महसुस हुन्थ्यो तर आज इतिहसमा मात्रै सिमित रहेको अवस्था र इतिहास मर्नबाट जोगाई राख्न यस बजारको सुरक्षा र सहि व्यवस्थापन गर्न आवश्यक रहेको स्थानिय राजघाट वासी हाल उर्लावारी मोहनकुमार चापागाई, सम्शेर ख्वाँ लिम्बुको भनाई रहेको थियो । टहराको उद्घाटन स्थानिय बृद्ध महान समाजसेवि कार्यक्रमका प्रमुख अतिथि चौकिलाल धिमालले गर्नु भएको थियो । त्यस्तै कार्यत्रमका विसिष्ठ अतिथिमा बरिष्ठ सल्लाहकार कुरुराज आङबुहाङ, अतिथिहरुमा वडा नागरिक मञ्च ९ नम्बर वडाका अध्यक्ष गोपाल ढकाल, राजघाट प्रहरी चौकी इन्चार्ज विष्णु बाहादुर खड्का, नेपाली कांग्रेस राजघाट अध्यक्ष बाबुराम बुढाथोकी, आम्वारी वजार व्यवस्थापन समितिका भुतपूर्व अध्यक्ष सन्त आङबुहाङ, संघिय लिम्बुवान पार्टी नेपालका जिल्ला सदस्य सम्शेर ख्वाँ लिम्बु, संघिय लिम्बुवान पार्टी नेपाल राजघाट अध्यक्ष दुर्गा प्रसाद थक्लुङ, संघिय लिम्बुवान पार्टी नेपाल युवा मञ्च केन्द्रिय उपाध्यक्ष रवि मादेन, धिमाल जाति विकास केन्द्र नेपाल आम्वारी गाँउटोल उपाध्यक्ष विर बाहादुर धिमाल, त्रिवेणि टोल विकास संस्था दमक १७ का अध्यक्ष छविलाल पौडेल, कुशल टोल विकास संस्था दमक १७ का अध्यक्ष हरिराम गौतम रहेका थिए भने कार्यक्रमको सभापतित्व आम्वारी वजार व्यवस्थापन समितिका अध्यक्ष कुल बाहादुर काम्बाङले गरेका थिए ।
राजघाट, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्