ताप्लेजुङमा जीप दुर्घटना, ६ जनाको मृत्यु

<span class='c1'>ताप्लेजुङमा जीप दुर्घटना,</span> <span class='c2'>६ जनाको मृत्यु</span>

 

२४ बैशाख, ताप्लेजुङ । ताप्लेजुङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जीपमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको थेचम्बुबाट सदरमुकाम जाँदै गरेको ग १ ज ५७२८ नम्बरको जीप ताप्लेजुङ नगरपालिका ८ मा दुर्घटना परेको हो ।
मृतको पहिचान हुन बाँकी छ । घााइतेहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएको छ । गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले दुर्घटनाग्रस्थ जीपका घाइतेहरुलाई तत्काल उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।
दुर्घटनाको बारेमा बिरामीलाई सोधपुछ गर्न सक्ने अवस्था नरहेकाले कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका असई प्रकाश राजवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्