आजबाट मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुरु

आजबाट मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता शुरु

आज बाट शुरु हुने मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणमा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी र दमक फुटबल क्लब झापाबीच उद्घाटन खेल हुने भएको छ ।
खेलकुद मन्त्री पुरुषौत्तम पौडेलले कार्यक्रमको उद्घाटन गर्ने आयोजक समितिका सदस्य सचिव रुद्रबहादुर तामाङले जानकारी दिएका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी मोरङद्वारा आयोजित प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि तामाङले बताए।
भूकम्प पीडितप्रति श्रद्धाञ्जली अर्पणपछि कार्यक्रम शुरु हुनेछ, जसमा मृतकको सम्झनामा ९ हजार वटा फूल लिएर आई अर्पण गर्न स्थानीयवासीलाई आव्हान गरिएको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्