दार्जीलिङलाई फराकिलो गोल अन्तरले हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा

<span class='c1'>दार्जीलिङलाई फराकिलो गोल अन्तरले</span> <span class='c2'>हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा</span>

 

तेजन खड्का
उर्लाबारी, २८ वैशाख – चर्च ब्वाइज युनाइटेड काठमाडौं मोरङको उर्लाबारीमा जारी मदन भण्डारी स्मृति अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्याइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
चर्च ब्वाइजको जितमा पहिलो हाफको १२ औं मिनटमा सुमन लामाले गोलको खाता खोलेका थिए । २७ औं मिनटमा जाङ्वो शेर्पा, दोश्रो हाफको १६ औं मिनेटमा पाल्साङ लामा, दोश्रो हाफकै २३ औं मिनेट जसबहादुर राइ र ३९ औं मिनेटमा सुमन लामा थप गोल गरे ।
चर्च ब्वाइजका सुमन लामा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबारको खेल आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान र एपिएफ क्लब पाथीभरा गण झापाबीच हुने आयोजकले जनाएको छ ।

urlabaripage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्