आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग

आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग

डिकेश लामा,
२८ बैशाख, बेलडाँगी।
भुटानी शरणार्थीहरुले आफ्नो छाक काटेर भए पनि भूकम्प पीडितलाई सहयोग गर्ने तयारी गरेका छन् । शिविर व्यवस्थापन समिति र शिविरका अगुवाहरुको पहलमा शिविरका हरेक छाप्राबाट यथासक्दो सहयोग संकलन कार्य गरिएको छ ।
भुकम्प पिडितहरूलाई राहतका लागि शरणार्थीहरुले वेलडाँगी र शनिश्चरे शिविरबाट २ लाख ५५ हजार ३ सय ९७ रुपैयाँ संकलन गरेको बेलडाँगी शिविर सचिव सन्चहाङ्ग सुब्बाले बताए । संकलित रकमबाट २ सय घर अति पीडितलाई आफ्नै हातले राहत वितरण गर्ने तयारी मिलाएको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्