कारागारबाट भागेका कैदी पक्राउ

कारागारबाट भागेका कैदी पक्राउ

झापा, १ जेठ ।  जिल्ला कारागार झापाबाट गत चैतमा फरार भएका कैदीलाई प्रहरीले शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।

ल्यापटप र मोबाइल चोरी आरोपमा मुद्दा चलाइएका बिर्तामोड नगरपालिका–६ निवासी कमलसेख हुसैन मियालाई प्रहरीले शुक्रबार बिर्तामोडस्थित उनकै घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
घरभित्र बसेर बाहिरबाट ढोकामा ताल्चा लगाएर बसेको अवस्थामा उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको राउतको भनाइ छ ।

चोरी मुद्दामा फागुन १३ गते पुर्पक्षका लागि झापा कारागार पु¥याइएका २३ वर्षीय हुसैन चैत ३ गते सोमबार साँझ कारागारमा कैदी बन्दी गन्ती गर्ने क्रममा सङ्ख्या नपुगेपछि उनी फरार भएको खुलेको थियो ।
कारागारबाट कैदी फरार भएको खुलासा भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी रोहितराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समिति गठन गरेलगत्तै प्रहरीले उनलाई भारतको पूर्णियास्थित एक घरबाट भारतीय प्रहरीको सहयोगमा चैत ७ गते पक्राउ गरेको थियो । तर भारतीय प्रहरीले उनलाई अदालत लाने क्रममा भागेपछि नेपाल ल्याउन नसकिएको बताइएको छ ।

 

RadioBirat

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्