खोलामा नुहाउन गएका किशोर बगेर बेपत्ता

<span class='c1'>खोलामा नुहाउन गएका</span> <span class='c2'>किशोर बगेर बेपत्ता</span>

मोरङ जेठ १  / मोरङको वारंगी ६ स्थित किसान खोलाको दहमा नुहाउन गएका एक किशोर आज बगेर बेपत्ता भएका छन्। लेटाङ-भोगटेनी नगरपालिका ८ बस्ने १६ वर्षिय निशान राई खोलामा नुहाउनेक्रममा बगेर बेपत्ता भएका हुन्। उनीसहित उनकै बिद्यालय पूर्वाञ्चल अल्मामिटर बोर्डिङ स्कुलमा पढ्ने चारजना दिउँसो २ बजे खोलामा पसेका थिए। त्यसै क्रममा उनलाई खोलाले बगाएको थियो।

बेपत्ता राईका आफन्त र स्थानीयको सहयोगमा प्रहरीले उनको उनको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्