इलाम, २ जेठ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न गाविसका किसान र कृषक समूहलाई अलैंची सुकाउने डबल ड्रम ड्रायर प्रदान गरेको छ ।
कार्यालयले जिर्मले, इलाम नगरपालिका, चमैता, साङरूम्वा र बरबोटे गाविसका किसानलाई ड्रायर वितरण गरेको हो ।
कार्यालयले ८० हजार प्रतिगोटा मूल्य भएको पाँचवटा ड्रायर शतप्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयका कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताए ।
उक्त ड्रायरमा दुई मन सुख्खा अलैंची तयार गर्न सकिने किसान बताउँछन् । बर्सेनि यसको माग बढ्दै गएपछि कार्यालयले आगामी वर्षका लागि करिब १० वटा ड्रायरको लागि बजेट माग गरिएको डाँगीले जानकारी दिए ।
परम्परागत भट्टीमा सुकाएको अलैंचीभन्दा यसमा सुकाइएको अलैंचीले केही बढी मूल्य पाउने किसान बताउँछन् ।
Radio Birat