ढुंगाले किचेर एकजनाको मृत्यु

ढुंगाले किचेर एकजनाको मृत्यु

मोरङ २ जेठ/ संखुवासभाको खाँदबारी नगरपालिका ८ मा पर्ने माल्टा खोलामा ढुंगाले किचेर शुक्रबार एकजनाको मृत्यु भएको छ ।
माल्टा भीरगाउँका १३ वर्षका मनकुमार राईको खोलामा नुहाउने क्रममा ढुंगाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्