ज्येष्ठ नागरिकलाई आयुर्वेदिक औषधि वितरण

ज्येष्ठ नागरिकलाई आयुर्वेदिक औषधि वितरण

सरोज भट्टराई

दूधे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापा र दूधे आयुर्वेदले संयुक्त रुपमा माइधारका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरेको छ ।
शिवसताक्षी–९ माइधारका बृद्ध आश्रममा बसेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यजनर राखी ज्येष्ठ नागरिक स्वास्थ्य प्रर्बद्धन सेवा कार्यक्रम सम्पन्न गरेको हो ।
लक्ष्मी नारायण बृद्ध आश्रमका ६० बढी बृद्धबृद्धाले स्वास्थ्य परीक्षण गराएका थिए । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरी रसायनिक औषधी वितरण गरिएको छ । रसायनिक औषधीले शरीर स्वस्थ्य राख्नुका साथै रोगसँग लड्ने प्रतिरक्षा क्षमताको बृद्धि हुँदै जाने बुधबारे आयुर्वेदका कविराज पुरण लहेरीले बताए ।
जिल्ला आयुर्वेद झापाका प्रमुख डा. सूृर्य नारायण मेहता भन्छन्–‘बिरामीमा दीर्घरोग बाथ, दम, शरीरका विभिन्न भागका हाडजोर्नीहरु दुख्ने जस्ता रोग देखिएको छ साथै आश्रमका ज्येष्ठ नागरिकमा भूकम्पको त्रास देखियो । उनीहरु मानसिक रुपमा डराएका छन् । अधिकांश विरामीले जतिबेला पनि भूकम्प आएर हल्लाए जस्तो हुने, डर लाग्ने, खाना खान मन नलाग्ने लगायतका समस्या रहेको बताए ।
जिल्ला आयुर्वेदले आफ्नो शाखा आयुर्वेदसँग समन्वय गरी विभिन्न क्षेत्रमा स्वास्थ्य शिविर, आयुर्वेद औषधीबारे जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस क्षेत्रका स्थानीयलाई आफ्नै घर आँगनमा भएका जडिबुटीहरुलाई सही प्रयोग गराउनका लागि यसले उल्लेखनीय भूमिका रहेको बताइएको छ ।
लक्ष्मी नारायण बृद्ध आश्रममा बसेकी गोमादेवी बरालले भनिन्–‘म २५ बर्ष भयो यस आश्रममा बसेको, तर यसरी डाक्टर साबहरु यही आएर औषधीमूलो गरेको यो पहिलो पल्ट हो । यसले हामीलाई धेरै राहत मिलेको छ । हामीलाई आश्रमका सञ्चालक सदस्य रामप्रसाद पोख्रेलले बिरामी हुँदा अस्पतालसम्म लगेर उपचार गर्ने जस्ता कार्यहरुमा सहयोग गर्ने गरेका छन् ।’
दूधे आयुर्वेदमा पनि विभिन्न उमेरका विरामी आउनुका साथै ज्येष्ठ नागरिकहरु पनि धेरै संख्यामा आउने गरेका छन् । ज्येष्ठ नागरिकहरु हिँड्डुल गर्न कठिन हुने हुँदा उनीहरु बसेकै स्थानमा गई बृद्धबृद्धालाई सेवा गर्न पाउँदा आफूहरुलाई सन्तुष्ट मिल्ने आयुर्वेद प्रमुख टेकनाथ अर्यालले बताए ।

Mechi Times,Jhapa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्