जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी ७ जेठ – सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर गाविस– ५ बस्ने ६५ वर्षीय प्रेमबहादुर मगर रहेको सुनसरी प्रहरीले जनाएको छ ।

बुधबार राति आरक्षबाट निस्केको हात्तीले विहीबार बिहान ४ बजे मगरलाई हरिपुर–५ स्थित केराबारी नजिक आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिए ।

कोसी प्रभावित क्षेत्रमा करिब पाँच वर्षदेखि हात्ती आतङ्क जारी रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आए पनि आरक्ष र सुनसरी प्रशासनले रोकथाम गर्नमा कुनै तदारुकता नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्